• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


खुल्ला दिसामुक्त राजधानीका क्याम्पसकै शौचालय अस्तव्यस्त


नेपाली अपडेट
बुधबार, अशोज ८, २०७६
 

 

स्वच्छ पानीसँगै सफा शौचालय मानवका लागि अनिवार्य आवश्यकता हो । मानिसको अधिकार पनि हो । सरकारले शैक्षिक संस्था, सार्वजनिक स्थल र एक घर एक शौचालय भन्ने नारा लगाइरहेको छ । राजधानीलाई खुल्ला दिसामुक्त घोषणासमेत गरिएको छ । उपत्यकाका अधिकांश क्याम्पसहरूको शौचालयको अवस्था भने दयनीय छ । उपत्यकाभन्दा बाहिर दूरजराजमा निर्माण शौचालयहरूको अवस्था कस्तो होला ?

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसका विद्यार्थी दुर्गन्धित तथा अव्यवस्थित शौचालय प्रयोग गर्न बाध्य छन् ।
क्याम्पसका शौचालयहरूमा कतै पानीको अभाव, कतै ढोकामा चुकुल नहुँदा अँध्यारो र दुर्गन्धित शौचालय प्रयोग गरेको पाइन्छ ।
शौचालयको धारामा नियमित पानी समेत आउँदैन ।घरीघरी पानी आए पनि हात धुने साबुनको व्यवस्था छैन । दुर्गन्धले शौचालयमा पसिनसक्नु हुन्छ’, शौचालय पस्न मन नलाग्दानलाग्दै बाध्यताले जानुपर्छ ।शौचालयको सफाइमा क्याम्पसले ध्यान नदिएको छैन । क्याम्पसको शौचालय फोहोर छ भन्ने कुरा करिब एक सय मिटर वरपरबाट नै थाहा पाउन सकिन्छ । शौचालयको सबै कोठामा पानीको धारा तर पानी झर्दैन । कुनै कुनै धारामा पानी झरे पनि साबुन, डस्बिनको व्यवस्था पनि छैन ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजधानीमा रहेका क्याम्पसहरूका शौचालय अव्यवस्थित छ । क्याम्पस प्रशासनले शौचालयको विषयमा ध्यान नदिँदा विद्यार्थीहरू फोहोर शौचालय प्रयोग गर्न बाध्य छन् ।क्याम्पसका शौचालय अपाङ्मैत्री नहुँदा फरक क्षमता भएकाहरूले झन् सास्ती खेप्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका त्रिचन्द्र क्याम्पस, शङ्खरदेव क्याम्पस, बाल्मीकि संस्कृत विश्वविद्यालय र सरस्वती क्याम्पसलगायत उपत्यकामा रहेका क्याम्पसहरूका विद्यार्थीहरूले फोहोर शौचालय प्रयोग गरेका छन् ।क्याम्पसको दुर्गन्धित शौचालय प्रयोग गरेर मन्त्री, प्रधानमन्त्री बन्नेहरू क्याम्पसको कार्यक्रममा पुरस्कार वितरण गर्न आउँछन् । त्यही शौचालय प्रयोग गर्छन् तर शौचालयलाई व्यवस्थित अनि दुर्गन्धरहित बनाउन चासो दिँदैनन् ।क्याम्पसमा भएका शौचालयहरूलाई व्यवस्थित बनाउन क्याम्पसहरूले हेलचक्र्याइँ गरेकोे छ ।

प्रकाशित भएको : September 25th, 2019

सम्वन्धित समाचारहरु