• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


दशैंमा मागभन्दा बढी खसीबोका आपूर्ति हुने


नेपाली अपडेट
बुधबार, अशोज ८, २०७६
 

काठमाडौं । यो वर्षको दशै तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । काठमाडौंमा मागभन्दा एक हजार बढी खसीबोका आपूर्ति हुने पनि मन्त्रालयको दावी छ ।

सरकारले भारतबाट खसीबोका ल्याउन कडाई गरेपछि नेपालमा अभाव सिर्जना हुने आशंका थियो । केही समयदेखि निरोगिताको प्रमाण पत्रबिना खसीबोका आयात गर्न दिइएको छैन । तर, नेपालमै उत्पादन पर्याप्त भएकाले अभाव नहुने व्यवसायीहरुले पनि बताइसकेका छन् ।

कृषीमन्त्री चक्रपाणी खनालले यस वर्षको दशैंमा खसी बोका पर्याप्त हुने बताए । व्यवसायीहरुले नेपाली खसी/बोका/राँगा लगायतका पशुबस्तुलाई स्थानीय स्तरमा संकलन र बिक्री बितरणमा प्राथमिकता दिएको भन्दै उनले अभाबको महसुस नै नहुने दावी गरे ।

मन्त्रालयले भारतबाट निरोगिताको प्रमाणपत्रसहित खसी भित्र्याएको प्रमाण समेत उपलब्ध गराएर खसीबोका आयातमा समस्या नरहेको बताएको छ । तर प्रक्रिया नपुर्‍याएमा भने भित्र्याउन नदिने अडानमा सरकार छ ।

प्रकाशित भएको : September 25th, 2019

सम्वन्धित समाचारहरु