• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


रवि लामिछाने प्रकरण : अब रबि होइन यी प्रहरी माथि नै मुद्दा-शंकाको घेरामा प्रहरी, .


नेपाली अपडेट
आइतवार, अशोज १२, २०७६
 

कुनै पनि व्यक्तिविरुद्ध उजुरी दर्ता हुँदैमा प्रहरीले मुद्दा चलाउनु पर्छ कि पर्दैन रु नयाँ मुलुकी अपराध संहिताअनुसार जाहेरी दर्ता भए पनि जाहेरीमा दाबी गरिएअनुसार प्रमाण नभेटेमा प्रहरी आफैंले सो मु द्दा मुल्तबीमा राख्न सक्ने व्यवस्था गरेको छ।प्रमाण नभई कसैको दबाबको आधारमा प्रहरीले कानूनको दुरु पयोग गर्ला भनेर यस्तो व्यवस्था गरेको भए पनि प्रहरीले अनुसन्धानमा पुरानै शैलीलाई अपनाउँदै आएको छ । जसकारण प्रहरी अ नुसन्धानप्रत सर्वसाधरणको विश्वास गुम्दै गएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पनि प्रहरीले त्यही गल्ती गर्यो र सर्वसाधरणको नजरमा आफ्नो छवि झन् बिगारेको छ । चितवन प्रहरीले प्रमाण संकलन नगरी थुनामा राखेर रवि लामिछाने युवराज कँडेल र रुकु कार्कीलाई प क्राउ गर्यो र अ नुसन्धान अघि बढायो । जबकी अ नुसन्धान गरेर प्रमाण भेटाएपछि मात्र हि रासतमा लिनुपर्ने थियोे।

अझ अचम्म त के भने अनुसन्धान गर्दा प्रमाण नहुँदा नहुँदै पनि मुद्दा चलाएर प्रहरीले अर्को गल्ती दोहो¥याएको छ ।अनुसन्धानका क्रममा उनीहरुविरु द्ध कुनै पनि प्रमाण फेला पार्न सकेन । पर्याप्त प्रमाण फेला पार्न नसकेपछि आरोपीहरुलाई तारेखमा छाडेर प्रहरीले थप अ नुसन्धान गर्न सक्छ ।

तर, त्यो तरिका पनि अपनाएन । प्रमाण नै नभए पनि जसरी पनि मुद्दा दायर गर्नतर्फ प्रहरी लागेको थियो । जसकारण व्यक्तिमाथि आरोप र दबाबकै भरमा हि रासतमा बस्नुपर्ने र मुद्दा झेल्नुपर्ने अवस्था सिर्जना भयोफौजदारी कानूनका ज्ञाता समेत रहेका बरिष्ठ अधिवक्ता लव प्रसाद मैनाली भन्छन्,जाहेरी भनेको एउटा आरोप मात्र हो,अ*नुसन्धानको एउटा आधार मात्र हो, त्यसकै आधारमा मुद्दा चलाउने प्रवृती गलत छ।

यदी जाहेरीमा उल्लेख गरिएका आरोप अ नुसन्धानमा प्रमाणबाट पुष्टि हुने आधार भेटिए मात्र मु द्दा दायर गर्नुपर्छ ।पर्याप्त प्रमाण नभएको अवस्थामा सरकारी वकिलले पनि मु द्दा दायर गर्न नहुने र अदालतले समेत चेक गरेर म्याद थप गर्न नहुने मैनाली बताउँछन् । प्रमाण नभएको अवस्थामा अदालतले नै म्याद थप गर्न नहुने उनको भनाई छ तर,प्रहरीको गलत कामलाई अदालतले साथ दिदै आएको उनी बताउँछन् ।

पुडासैनी आत्महत्या प्रकरणमा मृ तकको भिडियोलाई मात्र आधार बनाएर प्रहरीले तीन जनाविरुद्ध मुद्दा चलाएको थियो । थप अ नुसन्धान नै नगरिएकोमा अहिले प्रहरीको आलोचना भइरहेको छ । जुन विषयमा अदालतले समेत प्रश्न उठाएर आ रोपीलाई छाड्ने आदेश दिइसकेको छ ।चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको आदेशमा भनिएको छ,मृ तक आफैंले स्वीकार गरेको छ।

प्रतिवादीमध्येका अस्मिता कार्कीसँग निजको विवाहेत्तर सम्बन्ध र त्यो सम्बन्धलाई यी प्रतिवादीमध्येका रवि लामिछाने र युवराज कँडेलले थाहा पाई निजहरुले सञ्चालन गर्ने सिधाकुरा जनतासँग टेलिभिजन कार्यक्रममा सार्वजनिक गरिदिने हुन् कि भन्ने सम्भावित भय वा त्रासले आफ्नो घर परिवार वा स्वजनको इज्जत प्रतिष्ठामा आँच आउन सक्ने दुखदायी अवस्थाको परिकल्पना गरी निजले आ८त्मह८त्या गरेका हुन्।

त्यो मृ८त्युको कारण निज मृ तकको आफ्नै विवाहइत्तेरको प्रेम सम्बन्ध र त्यसबाट श्रृजित त नावलाई निजले सही रुपले व्यवस्थापन गर्न नसकेका कारण उत्पन्न भएको निजको आफ्नै उदवेलित मनोदशा जिम्मेवार थियो वा प्रत्येकवादीहरुको कार्य व्यवहार जिम्मेवार थियो भन्ने कुरा प्रस्तुत मु द्दाको अ नुसन्धानबाट स्पष्ट खुलेको अवस्था छैन ।

प्रमाण स्वरुप पेश गरिएको भिडियोा मृ तकले प्रत्येकवादीहरुले आफुलाई यो यो किसिमको धा क ध म्की दिएको उल्लेख गरेको भन्ने सन्दर्भलाई लिएर सो विषयमा यदि प्रत्येकवादीहरुबाट त्यसरी भने बमोजिको कुनै कार्य कसुर भए गरेको थियो वा थिएन भन्ने तर्फ प्रस्तुत मु द्दाको अ नुसन्धान केन्द्रीत भएको देखिएन । अदालतको यो टिप्पणीबाट समेत कति हुचवाको भरमा प्रहरीले रवि लामिछानेहरुमाथि मु द्दा चलाएको थियो भन्ने प्रष्ट हुन्छ ।

आत्महत्या अगाडिको भिडियो पहिलो नै प्रहरीले ‘लिक’ गराएको थियो । स्रोतका अनुसार चितवनका एसपी दानबहादुर मल्ल आफैंले सो भिडियो लिक गराएका थिए । पछि मृतकका परिवारको दोष लगाएर थप पीडा दिन खोजिएको थियो।गत २० गते प्रेमिकासँगको झगडापछि पत्रकार पुडासैनीले गत २० साउनमा चितवन पुगेर आत्महत्या गरेका थिए । त्यसको एक सातापछि भिडियो लिक गराएर रवि लामिछानेको विपक्षमा माहोल सिर्जना गरिएको थियो ।

अन्य प्रमाण नभए पनि त्यही आधारमा प क्राउ गरिएको थियो । रवि लामिछानले पर्दाफास गरेका केही गिरोहको दबाबमा त्यसरी हतारमा प क्राउ गरीएको तथ्य खुलिसकेको छ । लामिछानेलाई फसाउने यही मौका हो भनेर एक समूहसमेत उनीविरु द्ध लागेको थियो । तिनीहरुले समेत एसपी मल्ललाई दबाब दिएका थिए । अदालतले भिडियो पहिले नै लिक भएको विषयमा समेत प्रश्न उठाएको छ ।

पहिले नै बाहिरिनुले त्यो भिडियो सम्पादन गरिएको समेत आशंका गरिएको छ।जसकारण यो प्रकरणमा भिडियो लिक गर्ने पत्रकारहरुमाथि समेत छानबिनको माग भएको छ।निर्मला पन्त अनुसन्धानको प्रकरणमा गम्भीर लापरबाही गरेको आरोपमा प्रहरीमाथि नै मु द्दा चलिसकेको छ ।यो घ टनाको अनुसन्धानमा पनि प्रहरीले चलखेल गरेको प्रष्ट भइसकेको छ।

अदालतले नै त्यो कुरालाई उठाएको छ । जसकारण चितवनका एसपी मल्लसहित अ नुसन्धानमा आबद्ध प्रहरीमाथि यसमा कारबाही आवश्यक देखिएको छ। घ*टनास्थलको मुचुल्का समेत राम्रोसँग नगरेको भनेर अदालतले प्रहरीमाथि प्रश्न उठाएको छ।प्रहरी न्यायाधीश र अनुसन्धानकर्ता।अ नुसन्धानमा प्रमाण खोज्न चासो नदिने तर, मिडियामा बढी प्रचार गर्ने प्रहरीको शैली बढ्दै गएको छ।

यही शैलीको महान्यायधीवक्ता कार्यालयले समेत प्रहरीको आलोचना गरेको छ ।फ्रान्सका लागि पूर्व राजदूत केशव झाको अ नुसन्धानमा प्रहरीले अ नुसन्धानका मु द्दा दायर अगाडि नै अ नुसन्धानका भित्री कुराहरु मिडियाबाट सार्वजनिक गरेपछि महान्यायाधिवक्ता कार्यालयले प्रहरीसँग पत्र लेख्दै सोधेको छ–प्रहरी न्यायाधीश हो कि अ नुसन्धानकर्ता।न्यायाधीशको शैलीमा अ नुसन्धानमा रहेका व्यक्ति दोषी भएको भनेर ठहर गर्ने ।

प्रकाशित भएको : September 29th, 2019

सम्वन्धित समाचारहरु