• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


उत्रिए रवि लामिछाने ज्ञानेन्द्रमाथि भएको आक्रमणका विरुद्ध……


नेपाली अपडेट
आइतवार, अशोज १२, २०७६
 

काठमाडौं, १२ असोज । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने चितवनमा भएको घटनाका विरुद्धा उत्रिएका छन् । शनिवार चितवनको चौबीसकोठीमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक आक्रमणका विरुद्ध पत्रकार लामिछाने उत्रिएका हुन् ।

लामिछानेले ज्ञानेन्द्रमाथिको आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको भद्दा मजाक भएको बताएका छन् । उनले संविधानले हरेक नागरिकलाई बोल्न पाउने स्वतन्त्रता दिइएको भए पनि त्यसमाथि सत्तारुढ दलका नेता कार्यकर्ताहरुले नै मजाक गरिरहेको बताएका हुन् । उनले प्रश्न गरेका छन्, अभिव्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक अरु के हुन्छ ?”

न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई पनि यसअघि अरु कसैले नाम लिएकै भरमा पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा लगाएर चितवनमै पक्राउ गरी राखिएको थियो । उनलाई चितवन जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहा गरेको थियो ।

रविलाई पक्राउ गरी अदालतबाट रिहा गरिएको केही सममयमा नै भ्रष्टाचार विरोधी अभियान लिएर चितवन पुगेका ज्ञानेन्द्र शाहीमाथि शनिवार सांघातिक आक्रमण भएको थियो । माइक्रो बसमा रहेका शाहीमाथि आक्रमण गर्ने क्रममा एक समूहले माइक्रोबसमा समेत तोडफोड गरेका थिए । आक्रमणबाट शाही गम्भीर घाइते छन् । माइक्रोबसको शिशा समेत तोडफोड गरेर इटा ढुंगाले आक्रमण गरिँदै गर्दा शाहीलाई प्रहरीले उद्धार गरेको थियो । सो क्रममा प्रहरीले एकजनालाई गिरफ्तार गरेको थियो । शाहीको टिम चितवन भरतपुरको चौबीसकोठीमा रहेको होटल ग्लोबलमा बसेको थियो । कार्यक्रम सुरु हुनै लाग्दा शाही ग्लोबल होटलबाट निस्कन बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेका थिए । माइक्रोबसमा चढेर हिड्नै लाग्दा उनीमाथि करिव एक दर्जनको संख्यामा आएका युवाहरुले आक्रमण गरेका हुन् । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो।

ज्ञानेन्द्रमाथि भएको उक्त आक्रमण निन्दा गर्दै यो कायरतापूर्ण आक्रमण भएको बताएका छन् । उनले सामाजिक सञ्जाला समेत आफ्नो भनाई लेखेर भनेका छन्, “चाहे जुनसुकै वादी होस, कु’टेर आवाज बन्द गर्ने काम निन्दनीय हो, कायरता हो ।”

ज्ञानेन्द्र शाहीका विषयमा कसैका असहमतिहरु हुनसक्ने भए पनि उनको आवाज दबाउन भौतिक आक्रमण गर्ने कुरा गलत रहेको बताएका छन् । उनले उक्त आक्रमणको घोर बि’रोध गर्ने जनाएका छन् ।

चितवनमा शनिवार ज्ञानेन्द्र शाहीहरुले आयोजना गरेको कार्यक्रम समेत विथोलिएको थियो । उक्त आक्रमण र कार्यक्रम विथोल्ने कार्यमा सत्तारढ दलका कार्यकर्ताहरु सम्लग्न रहेको बताइएको छ । उनीहरुले ‘राजा’वादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथोलेका थिए । सो क्रममा चौबीसकोेठीमा ठूलो तनाव समेत उत्पन्न भएको थियो ।

आक्रमणबाट गम्भीर चोटपटक लागि घाइते भएका शाहीको चितवन मेडिकल कलेजमा उपचार पश्चात काठमाडौं ल्याइएको थियो ।

प्रकाशित भएको : September 29th, 2019

सम्वन्धित समाचारहरु