मिस युरोप नेपाल २०२० को ताज फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन् ।
बेल्जियमको लुभेन शहरमा आईतवार सम्पन्न मिस युरोप नेपाल २०२० को उपाधी खत्रीले जितेकी हुन् ।
युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपाल २०२० उपाधी जितेकी खत्रीलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याईन ।
ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस युरोप नेपालकी उपाधी बिजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाईनल राउण्डमा सोझै प्रबेश पाउनेछिन ।
ड्रिम्स नेपाल बेल्जियमले आयोजना गरेको मिस युरोप नेपाल २०२० मा फष्ट रनर अपको उपाधी आयरल्याण्डकी संगिता थापाले जितिन । सेकेण्ड रनर अपको उपाधी बेल्जियमकी ज्योति भट्टले हात पारिन ।
ड्रिम्स नेपाल बेल्जियमकी अध्यक्ष योगिता थापाले पहिलो पटक आयोजना गरिएको मिस युरोप नेपाल भव्य रुपमा सम्पन्न हुदा आफू अत्यन्त उत्साहित भएको बताईन ।
कार्यक्रममा युरोपका बिभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए । गैर आवासीय नेपाली संघको महिला बिभागसंगको सहकार्यमा युरोपका बिभिन्न देशमा मिस युरोप नेपालका लागि आयोजना गरिएको अडिसनबाट फिनल्याण्डकी निरुशा खत्री, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुष्मिता न्यौपाने,नर्वेबाट श्रद्धा थापा, अष्ट्रियाबाट स्नेहा मल्ल, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे,बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया, आयरल्याण्डबाट संगिता थापा छानिएकी थिईन । सबै प्रतिस्पर्धीहरुलाई उछिन्दै खत्रीले मिस युरोप नेपालको उपाधी जितेकी हुन् ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको निर्णायकमा मिस नेपाल २००५ सुगारिका केसी, गायिका नलिना चित्रकार र अफिसियल डे«स डिजाईनरमा युवी थापा रहेका थिए ।
समारोहमा हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकार पनि अतिथिका रुपमा सहभागी भएका थिए ।
युरोपमा रहेका नेपाली चेलीहरुमा अन्तरनिहित प्रतिभालाई उजागर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले मिस युरोप नेपाल आयोजना गरिएको ड्रिम्स नेपालकी अध्यक्ष योगिता थापाले बताईन ।
मिस युरोप नेपालको आयोजनाले नेपालका बारेमा युरोपमा सकारात्मक सन्देश दिएको थापाले बताईन ।
मिस नेपाल आयोजक ड्रिम्स नेपाल बेल्जियम युरोपमा रहेका नेपालीहरुको साझा संस्था हो । जसले बिभिन्न सामाजिक कार्यक्रम तथा बिभिन्न किसिमका ईभेन्टहरु आयोजना गर्दै आएको छ ।