बुधबार, कार्तिक ६, २०७६
कात्तिक ६, जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीको टोलीले १ लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।
भारतबाट ल्याउँदै गरेको पटाका महोत्तरीको सिमावर्ती क्षेत्र मटिहानीबाट बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार पटाका, फुलझरी, चक्र, चकलेट बमसहितका सामानहरु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
दीपावली र छठ नजिकिदैं गर्दा भारतबाट पटाकासहितका बिष्फोटक सामान भित्र्याउने क्रम बढेको छ । यद्यपी सशस्त्र र नेपाल प्रहरीले सिमा नाकामा कडाइ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रकाशित भएको : October 23rd, 2019