• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


४३८ जनाका लागि रोजगारी खुल्यो (सूचना सहित)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा


नेपाली अपडेट
बुधबार, मंसिर १८, २०७६
 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो ।


सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, हलुका सवारी चालक१३ जना, पालेपहरेदार ७९ र ट्रली कलेक्टर ३६ जना गरी ४ सय ३८ जना कर्मचारी माग गरेको हो । सूचना हेर्नुहोस्

मलेसियाबाट एकैपटक आयो ३१ हजारलाई नयाँ रोजगारीको अवसर

वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा रहेको मलेसियाका लागि कूल ३१ हजार २०१ जना कामदारका लागि स्वीकृति प्राप्त भएको छ ।लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुलेपछि एकैपटक ठूलो संख्यामा कामदार माग भई आएको हो । नेपाली दूतावास मलेसिायले समेत उक्त माग संख्यालाई प्रमाणकिरण गरी कामदार ल्याउनका लागि स्वीकृति दिएको छ ।

नेपाल सरकार र मेलेसिया सरकारबीच सन् २०१८ मा सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्ती सम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आए पश्चात वैदेशिक रोजगार ऐन,२०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ र नेपाल सरकार र मलेसिया सरकारवबीच भएको समझदारीपत्र अनुसार कामदारको संख्या स्वीकृत गरिएको हो ।

नेपाली राजदूतावासबाट सन् २०१९ को अक्टोवर महिनाको पहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणिकरण भई आएका मागपत्रहरु अभिलेखिकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको छ ।

अक्टोवर र नोभेम्वरको अवधिमा दूतावासमा पेश भएका मागपत्र प्रमाणिकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरी पठाइएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार जम्मा मागपत्रको फाइल संख्या ९६३ रहेको छ । यस्तै कूल कामदार माग भने ३१ हजार २०१ जना रहेको छ ।

त्यसमा औद्योगिक क्षेत्रका लागि मात्रै १७ हजार ११६ को माग आएको छ । यस्तै सेवा क्षेत्र जसमा सुरक्षा गार्ड सहितको संख्या १० हजार १८३ रहेको छ । त्यस्तै कृषि क्षेत्रमा १ हजार ४७५, प्लाण्टेसनमा १ हजार ३९७ र निर्माणतर्फ १ हजार ३० जनाको माग आएको छ । दूतावासले मागपत्रको प्रमाणिकरणको कार्यलाई सरल, पारदर्शी र चुस्त बनाएको जनाएको छ ।

कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई १० देखि १२ बजेसम्म दूतावासमा पेश गर्ने वातावरण बनाइएको छ । पेश भएका मागपत्रको विवरण रुजु गर्ने, अध्यावधिक गर्ने र प्रमाणिकरणको पत्र तयार गर्ने काम दूतावासले गरेको छ ।

वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्दे्शिका, २०७५ बमोजिम दूतावासमा प्रमाणिकरणको लागि पेश भएका मागपत्रहरु १० दिनभित्र प्रमाणिकरण गर्ने गरेको छ ।

व्यवसायी तथा नेपाली कामदारको हितलाई ध्यानमा राखी दूतावासले मलेसियाको गृह मन्त्रालयबाट जारी भएको विदेशी श्रमिक नियुक्त गर्ने कोटाको १५ दिन सम्मको वैधानिकता भएको मागपत्र स्वीकार गर्ने गरेको छ ।

यसैगरी गतवर्ष नै दूतावासबाट प्रमाणिकरण भएको भएतापनि सो अनुसार कामदारको आपूर्ति नगरी नयाँ व्यवस्था अनुसार प्रमाणिकरणको लागि पुनः पेश भई आएका मागपत्रको पनि एकैदिनमा प्रमाणिकरण गर्ने व्यवस्था गरिएको छ । कमजोरी नदेखिएका अन्य मागपत्रको प्रमाणिकरण ५ दिनभित्र गर्न सक्ने अवस्थामा दूतावासले तयारी गरेको छ ।

नेपाल एयरलाइन्सले चीनको ग्वाङ्जाओका लागि उडान अनुमति पायो

छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भन्दै आलोचना खेपिरहेको नेपाल वायु सेवा निगमले चीनको ग्वाञ्जाओमा उडान गर्ने निश्चित भएको छ ।

लामो समयको अन्तरालपछि अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओ उडान गर्ने भएको हो ।

निगमले सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाञ्जाओ सिधा उडान गर्ने तयारी गरेको छ । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ ।

चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाञ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको हो ।

निगमको ग्वाञ्जाओ उडान निश्चित भएको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

‘लामो समयपछि निगमलाई ठूलो सफलता हात परेको छ, अब निगमको जहाज चीनको ग्वाञ्जाओ शहरमा उड्ने निश्चित भएको छ । चिनियाँ सिभिल एभिएसनले आजै फोन गरेर उडानको संकेत दिएको छ, आज साँझसम्म इमेलमार्फत् औपचारिक पत्र पनि आउनेछ’, उनले भने ।

चिनियाँ सिभिल एभिएसनको सुरक्षा चासोलाई निगमले सम्बोधन गरेको थियो । चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्ष र ‘अपरेसनल मेनुअल’लाई प्राथमिकतामा राखेर निगमलाई आन्तरिकरूपमा प्रश्न उठाएको थियो ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड र स्वीकृतिबमोजिम यी दुवै चासोको सम्बोधन गर्दै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएको थियो ।

उक्त प्रश्नको चित्तबुझ्दो जवाफ पाएपछि चिनियाँ एभिएसनले निगमलाई उडान अनुमति दिएको निगमको भनाइ छ । निगमले आन्तरिकरुपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वाञ्जाओ उडानका लागि ‘स्लट’ पाएको बताइएको छ ।

यसअघि निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो ।

तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।

ग्वाञ्जाओ व्यवसायिक उडानका लागि निगमको कार्यकारी समितिले छिट्टै निर्णय गर्नेछ । उक्त गन्तव्यको उडानबारे निगमको सञ्चालन र आर्थिक विभागको समन्वयमा निगम कार्यसमितिले केही दिनभित्रै निर्णय लिने निगमका सह–प्रवक्ता मिश्रले बताए ।

एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि पछिल्लो समय चीन र नेपालबीच हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वाञ्जाओ उडान सुनिश्चित भएको जनाएको थियो । यो गन्तव्यमा निगमले सातामा तीन दिन उडान गर्नेछ ।

निगमले चीनको राजधानी बेइजिङ र साङघाई उडानका लागि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको छ । यसअघि निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङघाई उडानका लागि पहल भइरहेको बताए ।

उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान सुरु गरिसकेको छ । चीनमा गन्तव्य विस्तार गर्ने क्रममा हिमालयले यही मंसिर ४ गतेदेखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान सुरु गरिसकेको छ । कम्पनीले चीनका अन्य थप चार गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

प्रकाशित भएको : December 4th, 2019

सम्वन्धित समाचारहरु