• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


बाहाने महोत्सब आँउदो फाल्गनको १३ देखि १७ सम्म हुने भएको छ ।


नेपाली अपडेट
बुधबार, पुस २, २०७६
 

  २ पौष खोटाङ

खोटाङ जिल्लाको ऐसेलुखर्क गाँउपालिका वडा नंं १ राखावाङदेलमा पर्ने बाहाने पोखरीलाई लक्षित गरी पालीकाकै पहिलो बाहाने महोत्सब आँउदो फाल्गनको १३ देखि १७ सम्म हुने भएको छ ।

स्बिरः भिम तामाङ

उक्त क्षेत्र प्राकृतिक रुपमा अत्याधिक धनि भएता पनि हालसम्म उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा चिनाउन नसकिएकोले पालीकाको पहलमा यो कार्यक्रम हुन लागेको गाँउपालिका प्रमूख बिश्वनाथ निरौलाले जानकारी दिनुभयो । बाहाने डाँडामा भएकोे पोखरी हुदै माथी तिर घ्याङखर्क, धर्मडाँडा, साल्पा सिलिछो सम्मको पद यात्रा गर्दै बिभिन्न रमणिय दृष्यका साथमा उक्त क्षेत्रमा पाईने बिधिन्न किसिमका पशुपंक्षी, बिभिन्न प्रजातिका लालिगुँरास, चिमाल साथै अन्य बिभिन्न किसिमका जडिबुटि र जनावर हरु समेत देख्न सकिन्छ । घ्याङखक र सिलिछोबाट बिश्वको सर्वोच्च सिखर सगरमाथा, मकालु, चारपाटे र मेरा पिक क्षेत्रहरु प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । हाल यस महोत्सबका लागि बिविध तयारी हुदैगर्दा मूल समिति गठन भईसकेको जसमा २१ सदस्य रहेका छन भने यस समितिका संयोजक श्री गृह बहादुर राई हुनुभएको छ । आर्थिक समितिमा सत्र सदस्य रहेका छन भने आर्थिक संयोजकमा श्री श्री बहादुर राई हुनुभएको छ यस्तै बजार ब्याबस्थापन– श्री धुर्व राजभण्डारी, खेलकुद – श्री बिष्णु राजभण्डारी, संस्कृतिक कार्यक्रम – श्री भलाकाजी राई , कृषि प्रदर्शनि – श्री रेवती राई, अतिथी सत्कार – श्री डेबिट राई, यातायात – श्री गणेस राई, सुचना तथा संचार – श्री भिम तामाङ गरी जम्मा ९ वाटा बिधामा समिति बनाईएको छ । मूख्य समितिका संयोजक श्री गृह बहादुर राईका अनुसार यस महोत्सबमा गाँउपालिका रहेका सातै वडालाई समेटदै यस क्षेत्रमा भएका परम्परागत, सांस्कृतिक, कृषि तथा उपज उत्पादनको प्रदर्शनि, बिभिन्न किसिमका खेलकुद कार्यक्रमका साथमा स्थानीय रुपमा रहेका बिभिन्न जातजातिको सांस्कृतिक नाच समेत गराउने बताउनुभयो । यस महोत्सबमा संभव भएममा प्रदेश नम्बर एकका मूख्य मन्त्री शेरधन राई लाई समेत बोलाउने र अन्य बिविध कार्यक्रमका लागि राष्ट्रिय स्तरका कलाकारहरुलाई समेत ल्याउने बताउनुभयो । पाँच दिनसम्म हुने यस महोत्सबले देशको पर्यटन बर्ष २०२० लाई साकार पार्नमा टेवा पुग्दै भावी दिनहरुमा उक्त क्षेत्र पर्यटनका लागि एक महत्वपूर्ण क्षेत्र हुने कुरा देश तथा बिदेशमा समेत सुचना पुग्न सक्ने आसा रहेको छ ।

स्बिरः भिम तामाङ

प्रकाशित भएको : December 18th, 2019

सम्वन्धित समाचारहरु