• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


प्रचण्डलाई ‘रि’प’ लेख्ने पन्त चितवनको प्रहरी प्रमूख


नेपाली अपडेट
शनिबार, पुस ५, २०७६
 

काठमाडौं। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक डिएसपीहरुको सरुवा गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालयले ८ जना एसपी र २१ जना डिएसपीको काज सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ। यसैगरी सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन्।

सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा तानिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ।

डिएसपीतर्फ साईबर व्यूरो काठमाडौंका यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको पनि सरुवा भएको छ।

प्रधान कार्यालय चितवनको प्रहरी प्रमूख (एसपी) मा दानबहादुर मल्ललाई हटाएर गंगा पन्तलाई पठाएको छ। सरुवामा चितवनको एसपी रहेका दानबहादुर मल्ललाई प्रधान कार्यालय तानिएको छ। तर, मल्लको ठाउँमा प्रहरीले वि’वादास्पद एसपीलाई पठाएको छ।

पन्त तिनै प्रहरी अधिकृत हुन्, जसले नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा ‘रि’प’ लेखेकी थिइन्

२०७३ सालमा प्रचण्ड प्रधानमन्त्री थिए। त्यतिबेला डिएसपी रहेकी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई ‘रिप’ लेख्दै श्रद्धाञ्जलि दिएकी थिइन्। सामाजिक सञ्जालमा अमितसिंह कार्कीको स्टाटसमा कमेन्ट गर्दै उनले पदीय म’र्यादावि’परीतको कमेन्ट गरेकी थिइन्।

उनको कमेन्ट नवराज सिलवाललाई महानिरीक्षक नबनाएर जयबहादुर चन्दलाई बनाएकोप्रति लक्षित थियो। महानिरीक्षकका लागि तात्कालीन डिआइजी नवराज सिलवालले लविङ गरे पनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस सभापति शेरबहादुर चन्दको दवावमा डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

तत्कालीन माओवादी–कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले सुझबुझपूर्ण निर्णय लिएको भन्दै कार्कीले फेसबुकमा प्रचण्डको प्रशंसा गरेका थिए।

उनले फेसबुकमा लेखेका थिए, ‘साहस त देउवाको जस्तो हुनुपर्छ। तिमी पानी मरु’वाहरुको के काम ? आफ्नो सभापतिको वि’रोध गरेर गु’ट, उपगु’टको राजनीतिलाई प्रश्रय दिन खोज्दा ठूलो दु’र्घटनामा परिएला।

आइजिपीको कारणले होइन, सबैले बुझ्न जरुरी छ। लोकतन्त्र मास्ने ठूलो ष’ड्य’न्त्र थियो, जो देउवा अनि प्रचण्डले कूशलतापूर्वक समाधान गरे। कार्कीले तात्कालीन डिआइजी नवराज सिलवालको प्रयासको वि’रोध गर्दै ओली–प्रचण्ड निर्णयको समर्थन गरेका थिए।

कार्कीको स्टाटसमा तात्कालीन डिएसपी (हाल एसपी) रहेकी गंगा पन्तले ‘रि’प’ भन्दै कमेन्ट गरेकी थिइन्। तिनै पन्तलाई अहिले नेपाल प्रहरीले प्रचण्डको गृहजिल्लामा प्रहरी प्रमूख बनाएर पठाएको छ।

हेर्नुस् कार्कीको स्टाटस र पन्तको कमेन्ट

प्रकाशित भएको : December 21st, 2019

सम्वन्धित समाचारहरु