• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


कामदार खुलाउँदै अमेरिकाले भिसा पनि डीभी जसैगरी । यस्तो छ जाने प्रक्रिया ।


नेपाली अपडेट
सोमवार, पुस ७, २०७६
 

अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो ।

अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ ।

कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।

यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।

श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

यो पनि पढ्नुहोस : अमेरिकी ग्रीन कार्ड जस्तै युरोपको ‘ब्लू कार्ड’ यसरी पाउन सकिन्छ

युरोपेली मुलुकहरुले आप्रवासीलाई ब्लू कार्ड उपलब्ध गरउने गरेका छन् । युरोपेली युनियनका २८ सदस्य मुलुकमध्ये २५ मुलुकले ब्लू कार्ड उपलब्ध गराउँछन् ।

सन् २००७ मा लागू गरिएको नीति अनुसार युरोपमा योग्य र दक्ष जनशक्ति भित्र्याउनका लागि ब्लू कार्ड ल्याइएको हो । अमेरिकाको ग्रीन कार्ड भनिएजस्तै युरोपेली युनियनको झण्डामा अंकित निलो रंगका आधारमा ब्लू कार्ड ल्याइएको हो ।

ब्लू कार्ड पाउनका लागि नेपालसहित विश्वका धेरै मुलुकका नागरिकले आवेदन दिन सक्छन् । उच्च दक्षता र सीप भएका कामदार तथा कुनै विधातर्फ अनुसन्धान गरिरहेकालाई ब्लू कार्ड दिइन्छ । यद्यपि विद्यार्थी तथा स्वरोजगार गरिरहेकालाई पनि ब्लू कार्ड दिने व्यवस्था छ । ब्लू कार्डका लागि आवेदक आफैं वा आवेदकको रोजगारदाताले आवेदन फाराम भर्नसक्छन् ।

यसका लागि आवेदक कुनै प्रतिष्ठित विश्वविद्यालयमा स्नातक अध्ययन पूरा गरेको हुनुपर्छ । यदी औपचारिक अध्ययन नभएमा कम्तीमा ५ वर्षको कार्य अनुभवको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । आवेदकसँग कम्तीमा एक वर्षका लागि युरोपको कुनै मुलुकमा काम गर्ने करार हुनुपर्छ । त्यस्तै, आवेदकको आय गन्तव्य मुलुकको औसत आयभन्दा डेढ गुणा धेरै हुनुपर्छ ।

आवेदनका लागि रोजगारदाताको आधिकारिक पत्र पनि चाहिन्छ । त्यस्तै, आधिकारिक ट्राभल डकुमेन्ट र आवेदक सार्वजनिक सुरक्षा, स्वास्थ्य तथा राष्ट्रिय सुरक्षामा कुनै चुनौति नरहेको प्रमाण पेश गर्नुपर्छ । र दुई पासपोर्ट साइजको फोटो र आवेदन भर्दा पैसा तिरेको भौचर पेश गर्नुपर्छ ।

यसपछि ९० दिनसम्म आवेदन प्रक्रियागत चरणमा जान्छ । ब्लू कार्डको म्याद रोजगार करारका आधारमा १ देखि ४ वर्षसम्म हुन्छ । यसलाई नवीकरण पनि गर्न सकिन्छ ।

ब्लू कार्ड पाएका आप्रवासीले गन्तव्य मुलुककै नागरिक सरह समान काम र ज्यालाको ग्यारेन्टी हुन्छ । त्यस्तै, उनीहरुले युरोपेली युनियनमा सहजै आवागमन गर्न सक्छन् । उनीहरुले सामाजिक अधिकारको उपयोग गर्न सक्छन् । त्यसबाहेक ब्लू कार्ड पाइसकेकाहरुले पारिवारिक पुनर्मिलन र निश्चित प्रक्रिया पूरा गरिसकेपछि स्थायी बसोबास अनुमति पत्रका लागि समेत आवेदन दिन सक्छन् ।

प्रकाशित भएको : December 23rd, 2019

सम्वन्धित समाचारहरु