• बुधबार, बैशाख ५, २०८१
  • | April 17, 2024


सर्वसाधारणदेखि सुरक्षाकर्मीसम्मलाई सास्ती बमको हल्लाले ।


नेपाली अपडेट
सोमवार, पुस ७, २०७६
 

७ पुस, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आइतबार रातिदेखि सोमबार बिहानसम्म खैलाबैला मच्चियो । मुख्य बजारमै बम राखिएको हल्लाले रातिदेखि नै सुरक्षाकर्मीले सुरक्षा दिइरहे । मान्छेका आवतजावत नै बन्द गराइयो ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित संघीय प्रहरी कार्यालयदेखि झण्डै ५० मिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालयदेखि झण्डै डेढ् सय मिटर पश्चिम मुख्य रोडमै बम राखिएको खबर केही व्यक्तिले प्रहरीलाई गरेका रहेछन् ।

प्रहरीले जानकारी पाए लगत्तै उक्त ठाउँलाई घेरा हाली आवतजावतमा रोक लगायो । बिहानै नेपाली सेनाको टोली आउँदा उक्त वस्तु बम नभएको पुष्टि भयो । ‘नेपाली सेनाको टोलीले हेर्दा उक्त वस्तु माटोको मूर्तीको टाउको भएको पुष्टि भयो’ धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी रामेश्वर कार्कीले भने, “त्यसभित्र हड्डीका टुक्रा र पुराना तारहरु बेरिएको थियो ।”

बम भनेर शंका गर्ने तर, बम फेला नपर्ने पछिल्लो दृष्टान्त मात्रै हो, यो घट्ना । पछिल्लो एक साता यता धनुषामा बमको हल्ला गर्ने गरिएपनि बम भने फेला परेको छैन् ।

प्रकाशित भएको : December 23rd, 2019

सम्वन्धित समाचारहरु