• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


अचानक राजधानीमा भयानक आगलागी, ९ जनाको मृत्यु ।


नेपाली अपडेट
सोमवार, पुस ७, २०७६
 

भारतको राजधानीमा अचानक लागेको आगलागीमा ९ जनाको ज्यान गएको छ ।  राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा आइतबार दिउँसो कपडाको गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु भएको हो । यस दुर्घटनामा ४ जना गम्भीर घाइते भए । भारतीय समय अनुसार दिउँसो १२ः३० बजे आगो नियन्त्रणको लागि दमकललाई खबर गरिएको थियो ।

 

यस पछि, दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिन सफल भएका हुन् । यसअघिको डिसेम्बर ८ मा, दिल्लीको अनाज मंडीको आवासीय क्षेत्रको एउटा कारखानामा आगो लाग्यो ।

 

यसले भवन भित्र सुतिरहेका ४३ जनाको ज्यान लियो । मृतकमध्ये २५ जना बिहारका थिए । प्रारम्भिक अनुसन्धानले कारखानाका मालिकसँग फा यर डिपार्टमेन्टको एनओसी नभएको कुरा पत्ता लगाएको छ ।

प्रकाशित भएको : December 23rd, 2019

सम्वन्धित समाचारहरु