• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


खोटाङ र भोजपुरको सँगम स्थानमा रहेको यो ठ्याम्के डाडा


नेपाली अपडेट
सोमवार, पुस ७, २०७६
 

खोटाङ प्रदेश नम्ब र १ पर्यटकिय हिसाब ले उच्च सम्भावना भएको क्षेत्र हो । सास्कृती पर्यटन तथा
नागारिक उडयन मन्त्रालयले प्रदेश न’१ का बिभिन्न स्थानलाई सय गन्तव्य भित्र समाबेश गरेको छ ।तेस मध्यको एउटा स्थान ठ्याम्के डाडा पनि हो ।खोटाङ र भोजपुरको सँगम स्थानमा रहेको यो भुभाग प्राकृतिक्,भौगोलिक्,धार्मिक तथा सास्कृतिक रुपमा बिशिश्टा रहेको छ ।समुद्री सतहबाट ३०१० मिटर अग्लो स्थानमा रहेको यो भुभाग सुन्दर तथा शान्त छ ।

अग्लो पहाड,चिसो मौसम अनि त्यहाँ बाट देखिने टाढा-टाढा सम्मका मनमोहक दृश्यले जो कोहिको मनलाई आनन्दित बनाउछ ।प्राकृतिक तथा भौगोलिक हिसाबले महत्व रहेको यस ठाउको धार्मिक महत्व अझ धेरै रहेको छ ।सिद्धेशोर महादेब र महाकाली देवी को मन्दिर रहेकाछन भने हिन्दू बौद्ध धर्मको आस्थाको केन्द्र पनि हो ।यस स्थानमा आन्तरिक तथा वार्य पर्यटक समेत आउने गर्दछन ।यस ठाउमा बाला चतुर्दशी र शिवरात्री मा बिशेष मेला लाग्ने गर्दछ ।मेला भर्न धरान,इटहरि,काठमान्डौ तथा देश बाहिरबाट समेत भक्तजनहरु आउने गर्दन छन ।

कहाँ कहाँ (के के) देखिन्छ यहाँ बाट ?

यहाँ बाट सर्वोच्च शिखर सगरमाथा,मकालु,कन्चन्जङ्घ,गौरिशंकर लगायतका दर्जन भन्दा बढी हिमाल तथा हिम शृरिङ्गखलाहरुको अवलोकन गर्न सकिन्छ ।तेसै गरी तेर्‍हथुम्,धनकुटा संखुवासभा,उदयपुर,ताप्लेजुङ्,ओखडुङ्गा सोलुखुम्बु लगायतका जिल्लाहरु प्रस्ट देख्न सकिन्छ । सिक्किम्,दार्जिलिङ्,सिलगुडि,भुटान्,लगायतका शहर हरु देख्न सकिने अनुभविहरु बताउछन ।उनिहरुका अनुसार मौसम खुलेका बेला यि सबै स्थान देख्न सकिन्छ ।

कुन कुन ठाउबाट जान सकिन्छ ठ्याम्के डाडा ?

खोटाङ जिल्लाको सदरमुका दिक्तेल देखी ठ्याम्के डाडा सम्म करिब ५० किलोमिटर र भोजपुर सदरमुक देखी ५५ कच्ची तथा केहि स्थानमा ग्राभेल सडक निर्माण भएको छ ।
खोटाङ बाट जानको लागि उदयपुर ,घुर्मि,हलेसि,दिक्तेल बजार, बाझे हुँदै यो ठाउ पुगिन्छ भने सडक मार्ग मार्फात पूर्वको केन्द्रको रुपमा रहेको इटहरिबाट धरान,धन्कुट,लेगुवाघाट भोजपुर हुँदै ठ्याम्के सम्म पुग्न सकिन्छ ।
काठमान्डौ बाट भोजपुर वा खोटङका लामिडाडा तथा खानिडाडा बिमानस्थलको प्रयोग गरेर पनि यहाँ सम्म आउन सकिन्छ ।

यस क्षेत्रमा आज भोली बिदेशी पर्यटक समेत फाट्ट्फुट्ट मात्रमा आउन थालेको छन ।राज्यले अझै पनि पर्याप्त पूर्व धार निर्माण तथा प्रचार प्रसार गर्न सकेको छैन ।यो क्षेत्रलाई नेपाल भ्रमन बर्ष २०२०को गन्तब्यका रुपमा बिकास गर्न सकिए,यस क्षेत्रका हजारौ मानिसको जिवनस्तर माथी उठ्ने निश्चित छ । यस्ता प्राकृतिक सौदर्यले भरिएका ठाउको बिकास हुन सके खोटाङ र भोजपुर वासिको जिवनस्तर सुधार गर्न सकिन ।

प्रकाशित भएको : December 23rd, 2019

सम्वन्धित समाचारहरु