• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध


नेपाली अपडेट
मङ्लबार, पुस ८, २०७६
 

८ पुस,खोटाङ

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढेको छ । सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थामा जाने महिलालाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेपछि अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाको संख्यामा बढेको हो ।

एम्बुलेन्समार्फत गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म लैजाने र बच्चा जन्माएपछि घरसम्मै पुर्‍याउने व्यवस्था मिलाइएपछि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाको संख्या बढेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो ।

 

सुत्केरी महिला र शिशुको जीवन रक्षाका लागि गाउँपालिकाले २०७४ साल साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो ।

अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्यको प्रयासस्वरुप खोटाङ सेवा समाज (यूके) ले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो । त्यसमध्ये ऐँसेलुखर्क क्षेत्रका लागि उपलब्ध गराइएको एम्बुलेन्सलाई गाउँपालिकाले जिम्मा लिएर सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित भएको : December 24th, 2019

सम्वन्धित समाचारहरु