• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


भारतले बन्द गर्‍यो पशुपतिनगर नाका, कोरोनाको त्रासले : चार नाकामात्र खुला


नेपाली अपडेट
शनिबार, चैत्र १, २०७६
 

१ चैत २०७६, शनिवार

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार सीमा आसपासका बासिन्दा सामान्य आवात–जावत बाहेक सबै आवागमन बन्द गरिएको छ।

भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या बढ्दै जाँदा नेपाल–भारत सीमानाका इलामको पशुपतिनगर शनिबारदेखि बन्द गरिएको छ।

उनले भने, ‘सीमामा बस्नेहरुको आवागमन यथावत छ। तर पर्यटक भएर आउने जानेका लागि बन्द भएको हो।’

भारतले आफ्नो देशमा प्रवेश गर्नेहरुका लागि कढाई गर्दै उक्त नाका शनिबारदेखि बन्द गरेको हो।

शनिबारदेखि नेपालबाट भारत र भारतबाट नेपाल प्रवेशका लागि कुनै पनि सवारी साधनलाई अनुमति दिइएको छैन।

कोरोना भाइरसको संक्रमणका कारण भारतले नेपालसँगका बनबासा, सुनौली, काँकडभिट्टा र रक्सौल नाकाबाट मात्र नेपालीलाई आवतजावत गर्न दिने भएको छ।

प्रकाशित भएको : March 14th, 2020

सम्वन्धित समाचारहरु