• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


मास्क र औषधीसहित मेडिकल टिम पठाऊन तयार छौं : चीन


नेपाली अपडेट
मङ्लबार, चैत्र ४, २०७६
 

भरखरै कोरोना भाइरसवाट जुधेको चीनले अब छिमेकी मुलुकहरुलाई कोरोना विरुद्धको लडाइमा सहयोग गर्ने नीति लिएको छ। चीनमा कोरोना नियन्त्रणमा आइसकेको छ । चीनको वुहान क्षेत्रवाट सुरु भएको कोरोना अहिले विश्वका अन्य मुलुकमा फैलिदै गएको छ । करिब डेढ महिनामै कोरोना नियन्त्रण गरेको चीनले आफुहरुको ज्ञान र प्रविधिलाई अन्य मुलुकमा बाँड्न चाहेको बताएको छ । सोही नीति अनुरुप कोरोनाको उच्च जोखिममा रहेको नेपाललाई पनि चीनले औपचारी पत्र मार्फत सहयोगका बारेमा सोधेको छ ।

चिनिया दूतावासमार्फत चीनले नेपाल सरकारलाई कोरोनाको सम्भावित प्रभावितवाट बच्न चाहिने आवश्यकताको सूची पठाउन आग्रह गरेको छ । कोरोनाको सम्भावित खतरा नेपालमा रहेको र त्यसले नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने भन्दै चीनले नेपालले आवश्यकता महशुष गरे जस्तो सुकै सहयोग गर्न चाहेको उल्लेख गरेको छ । चीनले नेपाल लगायत केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो ।

चीनले नेपाललाई पत्र पठाउँदै भनेको छ, नेपाललाई उर्जामा सहयोग चाहिए जस्तै कोरोनाको सम्भावित खतरावाट बचाउन कस्तो सहयोग चाहिएको छ रु नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउन पनि तयार छौं । चीनले नेपालमा पहिलो पर्यटकका रुपमा भ्रमण गर्न चाहेको पनि उल्लेख गरेको छ । नेपालमा कोरोना अन्त्य भएसंगै चीनवाट पहिलो भ्रमण गराउन चाहन्छौं पत्रमा भनिएको छ । त्यस्तै उसले चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनसंग सहयोगका विषयमा छलफल भइरहेको बताएका छन् । उनले चीन र भारत दुवैतिरबाट सहयोगको प्रस्ताव आएको पनि बताए । उनले दुवै छिमेकी राष्ट्रवाट सहयोग लिएर कोरोना विरुद्ध लड्ने प्रष्ट पारेका छन् । नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्यवद्धता जनाएको थियो । नेपालमा भने अहिलेसम्म कोरोना भएको पुष्टि भएको छैन । चीनवाट फर्किएका एक जनामा कोरोना देखिएको थियो तर उनी अहिले निको भएर घर फर्किसकेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु