• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


निर्देशक अमर लामाले जापान बाटै ‘यो कस्तो जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरे


नेपाली अपडेट
मङ्लबार, साउन ६, २०७७
 

टोकियो । जापानको ओसाकामा अध्यनरत नेपाली बिद्यार्थी ज्ञानमान मोक्तान र सरिता फुयालको अभिनित ‘यो कस्तो जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

कुमार अभिको स्वर तथा सब्दमा तयार भएको उक्त गितमा राम कार्किले संगीत संयोजन गर्नु भएको छ भने भिडियो अमर लामाको निर्देशनमा तयार भएको छ ।

जापानको ओसाका स्थित ओसाका क्यास्टलमा छायांकन गरिएको उक्त ‘यो कस्तो जिन्दगिमा ’ बोलको गीतको भिडियोको सुरुवात ज्ञानमान र सरितालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ भने उत्तरार्धमा प्रेममा बिछोड हुदाको पीडालाई समेटिएको छ ।

बिगत केही बर्ष देखि जापानको ओसाकामा बसिरहनु निर्देशन लामा जापानको ओसाका स्थित निसिजावा गाक्कोएनमा संगीत तथा भिडियो ग्राफी अध्यन गरिरहनु भएको छ । यश अघि उहाँकै निर्देशनमा विभिन्न गितहरुको कभर सार्बजनिक भएका थिए।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस

प्रकाशित भएको : July 21st, 2020

सम्वन्धित समाचारहरु