• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


डब्लूएचओको बधाई कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई


नेपाली अपडेट
मङ्लबार, साउन ६, २०७७
 

काठमाडौं – अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम देखिएपछि विश्व स्वास्थ्य संगठनले बधाई दिएको छ ।

वैज्ञानिकहरुले रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग गर्ने गरी भ्याक्सिन परीक्षण गरेका थिए । यो भ्याक्सिनले कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता काम गर्न सहयोग गरेको वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुले यसलाई सकारात्मक परीक्षण भएको र अझै परीक्षणकै चरणमा रहेको बताएका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरसको खोप सुरक्षित रहेको समेत बताइएको छ ।

यो परीक्षण १ हजार ७७ जनामा गरिएको थियो । यो खोप चिम्पाञ्जीहरुमा रुघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार पारिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यो खोपले सामान्य असर देखाए पनि कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलताका रुपमा हेरिएको छ ।

यो खोप परीक्षणका क्रममा ७० प्रतिशतलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको थियो । उक्त समस्यालाई प्यारासिटामोलले नै निको गरेको पनि अनुसन्धाताहरूले बताएका छन् ।

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु