• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


प्रथम साधारण सभा सम्पन्न तामाङ समाज नेपालको


नेपाली अपडेट
शुक्रबार, साउन २३, २०७७
 

गत श्रावण १७ गतेका दिन कोभिड-१९ माहामारीको प्रकोपलाई विशेष मध्येनजरमा गरी तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न गरिएको छ ।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थीक सुढृढिकरण भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भई कतारमा कार्यरत तामाङहरुलाई संस्थागत रुपमा एकीकृत गराई तामाङ जातीको हितका निमित्त विभिन्न सामाजिक गतिविधि गर्दै आईरहेको नेपाल प्रवासी तामाङ समाज कतारले कतारबाट स्वदेश फर्केका सदस्यहरुलाई नेपालमा पनि एकीकृत रुपमै रहिरहोस् भन्ने भावनाका साथ नेपाल प्रवासी तामाङ समाज कतारको आधिकारिक संस्थाको रुपमा तामाङ समाज नेपालको मिति २०७६ साल भाद्र २४ गतेका दिन काठमाण्डौं जिल्ला प्रशासनमा दर्ता भएको थियो ।
रोशन दोङ तामाङको अध्यक्ष्तामा मिति २०७७ साल श्रावण १७ गतेका दिन कोभिड-१९ माहामारीको प्रकोपलाई विशेष मध्येनजरमा गरी प्रथम साधारण सभा सम्पन्न गरिएको उक्त कार्यक्रम लाई सस्थाका सचिव कमल योन्जन तामाङले सन्चालन गरेका थिए । प्रथम साधारण सभाले ११ कार्यसमिती तय गरिएको छ । प्रथम साधारण सभा बाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमिति तपसिल बमोजिमको रहेको छ ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष : श्री रोशन दोङ तामाङ
उपाध्यक्ष : श्री संजय तामाङ
सचिव : श्री कमल योञ्जन तामाङ
सह-सचिव : श्री अशोक सिङ्दान तामाङ
कोषाध्यक्ष : श्री सोनी लुङ्बा (सुना)
सदस्य : श्री बुद्ध योञ्जन तामाङ
सदस्य : श्री अस्मिता तामाङ
सदस्य : श्री समिरा थोकर
सदस्य : श्री पदम पाख्रीन
सदस्य : श्री राज डिम्डुङ
सदस्य : श्री श्यामलाल तामाङ

प्रकाशित भएको : August 7th, 2020

सम्वन्धित समाचारहरु