• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


राष्ट्रकवि घिमिरेको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ


नेपाली अपडेट
बुधबार, भदौ ३, २०७७
 

भदौ ३,
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
यसअघि घिमिरेको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका गौरी शोककाव्य, राष्ट्र निर्माता खण्डकाव्य, मालती-मङ्गले गीतिनाटकलगायत प्रसिद्ध छन् । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा कपुरधारास्थित आफ्नै निवासमा निधन भएको थियो ।

 

प्रकाशित भएको : August 19th, 2020

सम्वन्धित समाचारहरु