• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


कोरोनाको खोप नि:शुल्क दिने अष्ट्रेलियाले


नेपाली अपडेट
बिहिबार, भदौ ४, २०७७
 

अष्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोना भाइरस विरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ ।

प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड जनसंख्यालाई नि:शुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ ।

प्रधानमन्त्री मरिसनले भने, ‘यो खोपको परीक्षण सफल भयो भने त्यसको उत्पादन र आपूर्ति गरेर अढाई करोड अस्ट्रेलियालीका निम्ति निस्शुल्क गर्नेछौँ।’ तर सबै जनसंख्यामा खोप पुर्याउन लाग्ने खर्चको अनुमान अझै निश्चित भइसकेको छैन ।

कोरोना भाइरसबाट अष्ट्रेलियामा ज्यान गुमाउनेको संख्या करिब साढे चार सयमा अडिएको छ । यो महिनाको सुरुमा भिक्टोरिया राज्यले कोरोनाभाइरसको संक्रमण फेरि देखिएपछि लकडाउनका कडा प्रतिबन्धहरू लागु गर्दै राज्यस्तरीय विपद्को घोषणा गरेको थियो ।

अष्ट्रेलियामा अझैँ पनि ७,००० सक्रिय संक्रमित छन्। जसले त्यहाँ खराब अवस्था आउने चिन्ता जीवित राखेको छ। अक्सफोर्ड र आस्ट्रजेनेका खोप परीक्षणमा पुगेका पाँच महत्त्वपूर्ण प्रयासमध्ये एक हो । जसलाई विश्वभरिका देशहरूले आफ्ना नागरिकको निम्ति सुरक्षित राख्न चाहिरहेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु