• बुधबार, मंसिर २६, २०८१
  • | December 11, 2024


विपद्पछि विकास निर्माणको स्थितिबारे छलफल


फाइल तस्विर
नेपाली अपडेट
बिहिबार, मंसिर ११, २०७७
 

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरूसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गर्नुभएको छ ।

विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरूसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्शसमेत लिनुभयो ।

सिन्धुपाल्चोकमा गत असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, साउन ३० को लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भई बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरूको अवस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरूको अवस्था तथा विस्थापितहरूका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो ।

प्रकाशित भएको : November 26th, 2020

सम्वन्धित समाचारहरु