• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


काठमाडौं दिल्ली उडान नेपाल एयरलाइन्सद्वारा तालिका सार्वजनिक


नेपाली अपडेट
सोमवार, मंसिर २९, २०७७
 

कोभिड महामारीका कारण ८ महिनादेखि रोकिएको नेपाल-भारत व्यावसायिक उडान पुस २ देखि संचालन हुने भएपछि नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ ।

नेपाली ध्वजाबहाक नेपाल एयरलायन्सले आज जारी गरेको उडान तालिका अनुसार काठमाडौंबाट दैनिक बिहान ११:२० मा भारतको राजधानी नयाँ दिल्लीको लागि उडान हुनेछ । त्यस्तै दिल्लीबाट दिँउसो २ बजे काठमाडौंको लागि विमान फर्केनेछ ।

काठमाडौंदेखि दिल्लीको उडान अवधि १ घन्टा ५५ मिनेटको हुनेछ भने दिल्लीबाट काठमाडौंको अवधि १० मिनेट छिटो अर्थात १ घन्टा ४५ मिनेटको हुने नेपाल एयरलाइन्सले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाल र भारतवीच उडान खुला भएपछि भारतमा उपचारका लागि जाने नेपाली, विद्यार्थी, व्यापारी तथा दुबै मुलुकमा नाताकुटुम्ब भएकाहरुलाई सहज हुने छ ।

उक्त उडानमा यात्रुले ७२ घन्टासम्मको पीसीआर जाँच नेगेटिभ भएको प्रयोगशालाको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने नियम बनाइएको छ ।

प्रकाशित भएको : December 14th, 2020

सम्वन्धित समाचारहरु