• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


विमानस्थलमा उडान परीक्षण सफल,ओखलढुङ्गाको खिजिदेम्बा छिट्टै सञ्चालनमा आउने


नेपाली अपडेट
मङ्लबार, पुस ८, २०७६
 

 


ओखलढुङ्गा – ओखलढुंगाको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान सफल भएको छ । जिल्लाको खिजिदेम्बास्थित चण्डेश्वरीमा विमानस्थल निर्माणको काम सुरु भएको १३ वर्षपछि उक्त विमानस्थलमा तारा एयरको जहाजले सफल उडान परीक्षण गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टाराईले जानकारी दिए । विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले उक्त विमानस्थलमा छिट्टै नियमित उडान गर्ने जानकारी दिए ।

ओखलढुङ्गामा यसअघि एक मात्र विमानस्थल सञ्चालनमा थियो । अब भने योसँगै ओखलढुंगामा २ वटा विमानस्थल भएका छन् । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ओखलढुंगा जिल्लाका पर्यटकीय क्षेत्रलाई पनि गन्तव्य सूचीमा राखिएको छ ।

प्रकाशित भएको : December 24th, 2019

सम्वन्धित समाचारहरु