• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


क्रिसमस डे मनाउँदै आज सार्वजनिक विदा छैन – गृह मन्त्रालय


नेपाली अपडेट
बुधबार, पुस ९, २०७६
 

पौष ९ काठमाडौं

काठमाडौं/इसाई धर्मावलम्बीहरुले आज आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।यस अवसरमा विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिन मनाउँछन् । यो २५ डिसेम्बरमा पर्छ ।

यसअघि नेपालमा यस दिनका दिन सरकारले विदा दिने गरेको थियो । यसपटक पनि क्यालेण्डरमा बुधबार रातो चिन्ह लगाइएको छ । तर, देशभर सबैका लागि सार्वजनिक विदा भने नदिइएको गृह मन्त्रालयले जनाएको छ ।

बुधबार क्रिसमस डे मनाउने इसाई धर्मावलम्बीहरूले मात्रै विदा पाउनेछन् । यसअघि क्रिसमस डेमा सार्वजनिक लिइँदै आए पनि पछिल्लो समयमा धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधान सरकारले हटाएको छ र सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।

प्रकाशित भएको : December 25th, 2019

सम्वन्धित समाचारहरु