• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


नेवा ताम्सालिङ प्रदेश ३ को नाम


नेपाली अपडेट
बुधबार, पुस ९, २०७६
 

८ पुष सिन्धुली ।

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेशको नाम ‘नेवा(ताम्सालिङ’ हुने बताएका छन् । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धलीगढीमा सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासं ९फोनिज० को ४५ औ राष्ट्रिय भेलाको उदघाटन गर्दै मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन्।
उनले संघीयता खोला र नदीले नमागेको भन्दै संघीयता उत्पीडित, जाती, समुदाय र क्षेत्रले मागेकाले उनीहरुको आत्मसम्मान हुनेगरी प्रदेशको नाम ‘नेवा(ताम्सालिङ राखिनुपर्ने बताए। प्रदेशको नाम खोला नदीको नाममा बागमती वा गण्डकी हुनै नसक्ने भन्दै उनले भने, ‘संविधानमा समावेशीताको अधिकार भएकाले यो नामका बारेमा प्रदेशसभामा प्रस्तावसमेत दर्ता भएको छ। मैले त भनेको छु मेरो मत भनेको नेवा(ताम्सालीङ नाममा हो। मैले यो कुरा पार्टीमा पनि राखेको छु। यसले हाम्रो राष्ट्रियतालाई मजबुत बनाउँछ। हाम्रो शासन व्यवस्थामा मजबुत बनाउँछ।’
उनले भने, ‘यो व्यवस्था ख्यालख्यालैमा आएको होइन। त्यसैले सरकारको आलोचना र विरोध गर्दा व्यवस्थाको विरोध नगरौं व्यवस्थाप्रति गर्व गरौं, संविधान भन्दामाथि कोही पनि छैन।’ ‘पत्रकार र राजनीतिक दलसँगै लडेर गणतन्त्र आएको हो। संविधान र व्यवस्था ल्याउन पत्रकारको पनि रगत बगेको छ। श्रमजिवी पत्रकार ऐन अनुसार पत्रकारले सेवा सुविधा किन नपाउनेरु’ उनले प्रश्न गरे।

प्रकाशित भएको : December 25th, 2019

सम्वन्धित समाचारहरु