• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


बाहाने महोत्सब आँउदो फाल्गुनको १३ देखि १७ सम्म हुने भएको छ ।


नेपाली अपडेट
बुधबार, पुस ९, २०७६
 

९ पौष खोटाङ

खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालिका वडा नंं १ राखावाङदेलस्थीत बाहाने पोखरीलाई लक्षित गरी गाँउपालीकाकै पहिलो महोत्सब आँउदो फागुन महिनाको १३ गते देखि १७ गतेसम्म हुने भएको छ ।

उक्त क्षेत्र प्राकृतिक रुपमा अत्याधिक सौन्दर्य भएता पनि हालसम्म उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिस्तार गर्न नसकिएकोले गाँउपालीकाको पहलमा यो महोत्सब हुन लागेको गाँउपालिका प्रमूख बिश्वनाथ निरौलाले जानकारी दिनुभयो । बाहाने डाँडामा भएकोे पोखरी हुदै माथी तिर घ्याङखर्क, धर्मडाँडा, साल्पा सिलिङचुङ सम्मको पदयात्रा गर्दै प्राकृतीक दृष्यावलोकन का साथसाथै उक्त क्षेत्रमा पाईने बिभिन्न किसिमका पशुपंक्षी, वनस्पती, साथै अन्य बिभिन्न किसिमका जडिबुटि र जनावर हरु समेत देख्न सकिन्छ । घ्याङखर्क र सिलिङचङुबाट बिश्वको सर्वोच्च शिखर सगरमाथा, लोत्चे, मकालु, खेसर (चारपाटे) मेरा हिमचुली र नुम्बुर हिमालय क्षेत्रहरु प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । हाल यस महोत्सबका लागि बिविध तयारी हुदैगर्दा मूल समिति गठन भई जसमा २१ मुल सदस्यीय समीती रहेका छन भने यस समितिका संयोजक श्री गृह बहादुर राई रहनुभएको छ भने आर्थिक समिति संयोजकमा श्री श्री बहादुर राई रहुनुभएको छ यस्तै बजार ब्याबस्थापन– श्री धुर्व राजभण्डारी, खेलकुद – श्री बिष्णु राजभण्डारी, संस्कृतिक कार्यक्रम – श्री भलाकाजी राई , कृषि प्रदर्शनि – श्री रेवती राई, अतिथी सत्कार – श्री डेबिट राई, यातायात – श्री गणेस राई, सुचना तथा संचार – श्री भिम तामाङ गरी जम्मा ९ वटा बिधामा समिति बनाईएको छ । मूख्य समितिका संयोजक श्री गृह बहादुर राईका अनुसार यस महोत्सबमा गाँउपालिका रहेका सातै वडालाई समेटदै यस क्षेत्रमा भएका परम्परागत, सांस्कृतिक, कृषि तथा उपज उत्पादनको प्रदर्शनि, बिभिन्न किसिमका खेलकुद कार्यक्रमका साथमा स्थानीय रुपमा रहेका बिभिन्न जातजातिको सांस्कृतिक प्रर्दसनी समेत गराउने बताउनुभयो । यस महोत्सब उत्घाटन समाराहेमा प्रदेश नम्बर एकका मूख्य मन्त्री शेरधन राई लाई समेत सहभागीता गराउने आयोजक समीतीको योजना छ । साथै यस महोत्सबमा बिविध साँस्कृतीक कार्यक्रमका लागि राष्ट्रिय स्तरका कलाकारहरुलाई समेत निमन्त्रणा गर्ने संस्कृतिक कार्यक्रम सँयोजक– श्री भलाकाजी राईले बताउनुभयो ।
पाँच दिनसम्म चल्ने यस महोत्सबले देशको पर्यटन बर्ष २०२० लाई सफल पार्न सहयोग पुर्याउने र भावी दिनहरुमा उक्त क्षेत्र एक पर्यटकीय गन्तब्यका रुपमा स्थापीत गर्न यस महोत्सबले महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने आशा रहेको छ ।
कुरा देश तथा बिदेशमा समेत सुचना पुग्न सक्ने आसा रहेको छ ।

प्रकाशित भएको : December 25th, 2019

सम्वन्धित समाचारहरु