• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


नेपालकी चेली रसिला तामाङले जितिन उपाधि चिनमा


नेपाली अपडेट
बुधबार, पुस ९, २०७६
 

पौष ९ काठमाडौं –

नेपालकी रसिला तामाङले चीनमा सम्पन्न जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनको उपाधि जितेकी छिन् । रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् ।
चीनको कुनमिङकमाम गत शनिबार भएको स्पर्धामा २० वर्षीय तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । रसिलाकी निकटतम प्रतिद्वन्दी उनी भन्दा १ घन्टा १३ मिनेट पछि थिइन्।
ट्रेल रेस सामान्य म्याराथन जस्तो सोझो रेस नभएर हाइअल्टिट्युडको अफ्ठ्यारो ठाउँमा हुने रेस हो। यसमा २ हजार मिटर अल्टिट्युडबाट शुरु भएर ४२०० मिटर अल्टिट्युडमा पुगेर फेरि २ हजार मिटरमै फर्कनुपर्ने हुन्छ । रेसमा पहाड तथा हिउँ भएको ठाउँमा पनि दौडनु पर्ने हुन्छ ।

धादिङको धुनीबेसीकी रसिला यसअघि एभरेस्ट म्याराथनमा पनि पहिलो भएकी थिइन् ।

प्रकाशित भएको : December 25th, 2019

सम्वन्धित समाचारहरु