• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने एक नेपाली कामदारको दु:खद निधन,


नेपाली अपडेट
बुधबार, पुस ९, २०७६
 

पौष ९ मलेसिया

मलेसियामा केही समय यता नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृ त्यु हुने संख्या बढेको देखिन्छ ।केही साता अगाडी मात्रै तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्या न गएको थियो ती मृ तकहरुको शव यहाँ स्थित नेपाली राजदुतावास, सम्बन्धित सरोकारवाला निकायको सहयोग सहकार्यमा नेपाल पठाईसकेर सम्बन्धित पारिवारिक क्ष्रोतलाई हस्तान्तरण गरि अन्तिम दाहसंस्कार समेत गरिसकेको छ्न।

यस्तै यस्तै घटनाहरुको खबर सेलाउन नपाउदै पुनः एक सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली कामदारको निधन भएको छ ।मलेसियाको ” ईजा फोर्स ” नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाल् ठेगाना झापा जिल्ला निवासी प्रदिप कुमार दासको मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको सोही कम्पनीमा संगै काम गर्ने,बस्ने एक नेपाली कामदारले समाचार भित्र आफ्नो परिचय नखुलाउने सर्तमा जानकारी गराउनु भयो।
यता घटना बारे मृ तक प्रदिप कार्यरत कम्पनी संग यस् बिषयमा बुझ्दा सोमबार राती खाना खाएर कानमा ईयरफोन लगाएर सुतेका प्रदिपलाई बिहान उनका साथीहरुले ड्युटी जान उठाउन खोज्दा मृ त फेला परेका हुन, हाल उनको मृ त शरीरलाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको बताए ।

साथै कम्पनी क्ष्रोतका अनुसार यस् घटना बारे नेपालमा रहेको उनको परिवार लाई समेत जानकारी गराईसकेको बताए । प्रदिप बिगत डेढ बर्ष देखि मलेसियाको सुबाङजाया भन्नने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए , यता दूतावासलाई यस् बारे जानकारी गराउदा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरिसकेपछि दूतावासले गर्न सक्ने काम र सहयोग अवश्य गर्ने जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले बताउनु भयो। स्रोत-पाथिभरा अनलाइन

प्रकाशित भएको : December 25th, 2019

सम्वन्धित समाचारहरु