• आइतवार, अशोज ७, २०८०
  • | September 24, 2023


सर्वेश्वार मन्दिरको प्रवेशद्वार शिलान्यास सम्पन्न


नेपाली अपडेट
सोमवार, बैशाख ६, २०७८
 

काठमाडौं।का.म.प.-६  बौद्ध अन्तर्गत बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा र प्रदेश नं ३ संघीय संसद मा. कृष्णबहादुर राई ज्यूको संयुक्तरूपमा आयोजनाको नाम बागमती करिडोर भएर सर्वेश्वार मन्दिर प्रवेशद्वार निर्माण रहने गरि बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा लामा गुरुबाट लामा परम्पर अनुसार पूजापाठ गरि बिशेष कार्यक्रमकासाथ प्रवेशद्वार शिलान्यास सम्पन्न गरियो।

    प्रवेशद्वार निर्माणसम्बन्धी कार्य गर्न हिमाजन्य कन्स्ट्रक्सनले बजेट मु.अ कर सहित रकम रु १०,७०१०७.५९ कार्यदेश मिति २०७७/१२/२६ मा कार्य सम्पन्न मिति २०७८/०३/१५ सम्म गरिने सम्झौता भएको छ।

        कार्यक्रम संचालन समितिका सदस्य सचिव बसन्त लामा रहेको कार्यक्रममा समितिका महिला सदस्य माया डोल्मा लामा, सदस्य मजिन्द्रसिं श्रेष्ठ पत्रकार अमित लामा  स्थानीय  समाजसेवी ,बुद्धिजीवी संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

प्रकाशित भएको : April 19th, 2021

सम्वन्धित समाचारहरु