• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


बिशेष सूचना जारी गर्दै बौद्ध तेमाल जात्राको बैठक सम्पन्न


नेपाली अपडेट
बुधबार, बैशाख ८, २०७८
 

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको बौद्ध तेमाल जात्रा सम्बन्धि बैठक सुचना सहित आग्रह गर्दै प्रत्येक वर्ष चैत पुर्णिामाको अघिल्लो दिन बौद्धमा पृतृहरुको मोक्षा प्रप्तिको निम्ति मृतक आत्मको,चीर शान्तिको कामना गर्दै बौद्धको सबैभन्दा माथिल्लो १०८खोपा भएको स्थानमा नाङ्सल बत्ती बल्ने              परम्परागत ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक रुपले मनाउँदै आई रहेको बौद्ध तेमाल जात्रा सम्बन्धि बैठक बौद्ध तेमाल जात्रा व्यवस्थापन समितिका संयोजक बौद्ध नाथ क्षेत्र विकास समितिको बैठक कक्षामाबौद्ध महानगरीय प्रहरी बृत्त बौद्ध सामुदायिक प्रहरी बौद्ध तथा सामुदायिक सेवा समिति,बौद्ध तामाङ कल्याण गुठी,ओम् सुखदुःख गुठी बौद्ध महानगरीय ट्रफिक कार्यलय,सितोरियो कराँते डो बौद्ध छोर्ङान महिला समाज एकल महिला समाज लगायतका सदस्य संस्थाका प्रतिनिधिहरुको तेमाल जात्रा के कसरी व्यवस्थित मनाउन सकिन्छ भन्ने सन्दर्भमा आवश्यक छलफल सम्पन्न भयो।
अहिलेको समय परिस्थितिलाई मध्यनजर गर्दै उक्त बैठकमा कार्यक्रमलाई सबैको राय सल्लाह बमोजिम नेपाल सरकारको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यलयसंग आवश्यक सर सल्लाह लिईने सकभर जात्रामा सहभागी नभई जो जहाँ रहुनु भएको छ आफ्नै स्थानमा पूजापाठ गरि मनाउन बैठकले सम्पूर्ण जात्रा प्रेमी तीर्थलु श्रद्धालु भक्तजनहरु प्रति आव्हान गरेका छन्।
जात्रामा सहभागी महानुभावहरुले समाजिक दूरी कायम गरि,माक्स अनिवार्य लगाउन व्यक्तिगत आवश्यक सुरक्षा अपनाउन,व्यवस्थापन समितिको नियमपालन गर्न,अनवश्यक भीडभाड नगर्न,बत्ती बल्ने पूजापाठ सकिने बित्तिकै आ आफ्नो गन्तव्यमा लाग्न,टिकटक बनाउन निषेधित क्षेत्र घोषणा गरेका छन्,हुलहुल भएर उभिएर नबस्न बैठकले सुचना जारी गरेका छन नपाईने हामी रहे साँस्कृति रहन्छ हामीले नै नहरहे के रहन्छ ।।

प्रकाशित भएको : April 21st, 2021

सम्वन्धित समाचारहरु