• शुक्रबार, बैशाख २८, २०८१
  • | May 10, 2024


केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त


नेपाली अपडेट
बिहिबार, बैशाख ३०, २०७८
 

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा विहीवार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ (३) मा प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्न नसकेमा वा त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्रमा सभाबाट बहुमत पाउन नसकेमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

ओली ४२ औं प्रधानमन्त्री बन्नु भएको हो । ओलीको यो प्रधानमन्त्रीमा तेस्रो कार्यकाल हुनेछ ।

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भने शुक्रबारलाई तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद पनि तय गर्नुहुनेछ । ओलीले एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टीका नेताहरूलाई समेत मन्त्री बनाउने तयारी गर्नुभएको छ।

प्रकाशित भएको : May 13th, 2021

सम्वन्धित समाचारहरु