• आइतवार, अशोज ७, २०८०
  • | September 24, 2023


लकडाउनमा पनि भाइरल सचिन परिवार ले गरे गित रेर्कड


नेपाली अपडेट
शुक्रबार, बैशाख ३१, २०७८
 

भाईरल सचिन परियारको स्वरमा नयाँ गीत आमा कै काख प्यारो को रेकडिङ्ग कार्य सम्पन्न भएको छ । यस गीतमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक कार्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत संयोजन गरेका हुन् । भाईरल सचिन परियारको बुवा आमाको काण्डको बारेमा केही साता अघी भाईरल भएको थियो । त्यस काण्ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् । सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् । सोही कुरालाई मध्य नजर गर्दै उनले भोगेका र सचिन परियारको आफ्नै वास्तविक कथामा आधारित आमा कै काख प्यारो” नामक गीत निर्माण भएको हो ।

“आमा कै काख प्यारो” नामक गीत काठमाडौं, अनामनगर स्थित एक्सन स्टुडियोमा रेकडिङ सम्पन्न भएको हो । यस गीतलाई उपेन्द्र प्रसाद खड्काले निर्देशन गर्ने भएका छन् भने गीतको भिडियोमा सचिन परियार, पुन्य गौतम, तेजेन्द्र परियार, तिलक कार्की (नेपाली चार्ली) लगायतको अभिनय रहने छ ।

गीतको भिडियोमा सचिन परियारको आमा अर्थात उनको बुवा तेजेन्द्र परियारको श्रीमतीको भुमिकामा अभिनय गर्ने कलाकारको नाम गोप्य राखिएको र भिडियो सार्वजनिक भएपछि सार्वजनिक गरिने कुरा यस गीतको युनिटले जानकारी गराएको छ । सो गीत करिब एक हप्ता भित्र भिडियो फाईनल भएर Times For Info युटुब च्यानल मार्फत सार्वजनिक हुने छ । यस गीतको सम्पुर्ण युनिटलाई हाम्रो तर्फबाट अग्रिम बधाई एबं सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

प्रकाशित भएको : May 14th, 2021

सम्वन्धित समाचारहरु