• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


मतदानस्थल पुगे बादल, छाता ओढेर यसरी हुनेछ मतपरिणामको घोषणा


नेपाली अपडेट
बिहिबार, जेष्ठ ६, २०७८
 

हेटौंडा, ६ जेठ । राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । झरी परिरहेकोले मतदानस्थलमा छाता ओढेर पुगेका छन् उम्मेद्धवार रामबहादुर थापा बादल । उनको सचिवालयले सामाजिक सञ्जालमा छाता ओढेर मतदानस्थल जाँदै गरेका तस्विर सार्वजनिक गरेको छ ।

 

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् । बादलसँग चुनावी मुख्य प्रतिष्पर्धामा डा। खिमलाल देवकोटा रहेका छन्। बादल र देवकोटासँगै नेमकिपाबाट कृष्णबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा छन् । मतदान आज दिउँसो सवा ३ बजेसम्म जारी रहने जनाईएको छ । र, मतगणना आजै सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करीब सवा नौ बजेबाट मतदान शुरु भएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना शुरु गर्ने योजना छ । मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित भएको : May 20th, 2021

सम्वन्धित समाचारहरु