• बुधबार, बैशाख २६, २०८१
  • | May 8, 2024


फास्ट ट्रयाक निर्माण अंतिम चरण १ घण्टामा तराइ पुगिने ।


नेपाली अपडेट
बिहिबार, पुस १०, २०७६
 

काठमाडौँ — तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा अहिले सडक निर्माण भइरहेको छ । नेपाली सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट सुरु सडकले पछिल्लो समय गति लिँदै गएको छ । रातीसमेत काम हुने गरेको छ । असार मसान्तभित्र सडकलाई ग्राभेलयोग्य बनाइने छ । ७२ दशमलव ५ किमि यो सडकको निर्माण अहिलेसम्म ८० प्रतिशत पूरा भएको सेनाले जनाएको छ ।आयोजनाका कार्यान्वयन तथा अप्रेसन महाशाखा प्रमुख कर्णेल विश्वबन्धु पहाडीका अनुसार १० ठाउँमा सेनाको क्याम्प खडा गरेर काम गरिएको छ । ३० भागमा ठेक्का लगाएर काम अघि बढाइएको छ । खोकना, मख्खुबेंसी, सिस्नेरी, महादेवटार, धेद्रे, लेनडाँडा, बुदुने, राजदमार, वागदेव र निजगढमा क्याम्प खडा गरिएको छ । एउटा क्याम्पमा करिब १ सय जना सेना राखिएको छ ।

कुल ठेक्कामध्ये ५ वटा प्याकेजमा सेनाले आफ्नै जनशक्ति र साधन प्रयोग गरेर काम गरिरहेको छ । ५५ किमि सडक निर्माणपश्चात् १० किमि पुल र ६ किमि सुरुङ निर्माण सुरु हुने छ । जसको ठेक्का नयाँ आर्थिक वर्षबाट सुरु हुने छ । पुल ८७ वटा हुने छन् । ३ वटा सुरुङ निर्माण हुनेछन् । सबैभन्दा बढी सडक मकवानपुरमा ५३ किमि छ ।

काठमाडौं ४ , ललितपुर ७ दशमलव ९, बारा ७ दशमलव ६ किमि रहेको छ । आर्थिक वर्ष ०८१/०८२ निर्माण समयावधि रहेको यो सडक सञ्चालनमा आएपछि १ घण्टामा काठमाडौंबाट बारा पुगिने छ ।

 

प्रकाशित भएको : December 26th, 2019

सम्वन्धित समाचारहरु