काठमाडौं। यसपालिको बुद्ध जयन्ती घर घरमै मनाउनु अपिल सहित अनुरोध।
बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संस्थाको सहभागितामा बौद्ध परिसरमा प्रत्येक बर्षा मनाउँदै आएको करुणामय भगवान गौतम बुद्धको जन्म जयन्ती यसपालि २५६५ औं बुद्ध जयन्ती २०७८ जेठ महिनाको बाह्र गते नेपाली पात्रो अनुसार पर्ने भएकोले बौद्धनाथ क्षेत्र विकास समितिद्वारा बिश्वब्यापी फैलिएको कोरोना भईरसको महामारीबाट बिश्व संसार नै अक्रान्त रहेको बिषम् परिस्थितिमा,यस असहज अवस्थामा परम्परालाई जीवन्त प्रदान गर्न संस्कृति लाई जोगाउन विशेष अनुरोध सहित बिश्वमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुले बिश्व प्राणी जगतको सुख शान्ति र हितको कामना गर्दै आ आफ्नो घर घरमै पूजापाठ ध्यान साधन प्रार्थन गरि यसपालिको बुद्ध जयन्ती मनाउन सम्पूर्णमा अनुरोध सहित अपिल जारी गरिएको बौद्ध नाथ क्षेत्र विकास समितिका कार्यकारिणी बसन्त लामाले बताएका छन्।
प्रकाशित भएको : May 23rd, 2021