शनिबार, जेष्ठ १५, २०७८
काठमाडौं । बिश्वब्यापी फैलिएको कोरोना भाईरसको कारण बिश्व अक्रन्त रहेको यस विषम परिस्थितिमा “प्रेस संगठन नेपाल,काठमाडौं शाखाद्वारा निषेधाज्ञाबाट अति प्रभावित अग्रपंक्तिमा रहेर पत्रकारिता गरिएका,अभाव समस्यामा परेका पत्रकार महानुभावहरुका निम्ति खाद्यान्न सहयोग बौद्ध क्षेत्रबाट चन्द्र जीत मोक्तानको पहलमा सहयोग संकलन गरियो।
खाद्यान्न सहयोग संकलन अन्तर्गत काठमाडौं शाखाको अभियानलाई सहयोगी हात बढाउनु भई बौद्ध क्षेत्र बाट बौद्धका स्थानीय समाजसेवी सङ्गे दोर्जे लामा बाट पाँच बोरा चामल, उपत्यका प्रदेश उपाध्यक्ष वीर बहादुर लामाबाट तेल खरिद गर्न तीन हजार रुपैया,बौद्ध नगर विकास समितिका अध्यक्ष एवम् युवा समाजसेवी तेजमान लामा बाट पाँच बोरा चामल सहित काठमाडौं शाखा संयोजक सागर पन्तलाई हस्तान्तरण गरिएको छ।
अन्तिम पटक अपडेट गरिएको : May 31st, 2021,