• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


निर्माण कार्य नागढुंगा सुरुङमार्गले लियो गति


नेपाली अपडेट
बिहिबार, पुस १०, २०७६
 

बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो।

निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको छ।

अहिले ठेक्केदार कम्पनीले आफू र आफ्नो कामदार बस्ने क्याम्प खडा गरी सुरुङको दुवै मुख पर्ने काठमाडौं र धादिङपट्टि निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ। काठमाडौंंको तोतीपाखाआसमास र धादिङको सिस्नेखोला आसपास काम भइरहेको छ।

सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनीले कात्तिक १८ गतेदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गर्दै निर्माणको काम गरिसकेको हो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित भएको : December 26th, 2019

सम्वन्धित समाचारहरु