
काठमाडौं। बिश्वब्यापी फैलिएको कोरोना भाईरासको कारण यश विषम परिस्थितिमा सरकारले जारी गरिएको निषेधाज्ञाबाट अभाव र समस्यमा परेकालाई बौद्ध सेतो गुम्बाको समाजिक संस्था राङजुङ येशे शेफनको तर्फबाट संस्थाका सदस्य लामा गुरु पेमा लामा (David mugum) ले दश बोरा चामल सोही अनुसारको (दल,साबुन,चिनी मस्यौरा लगायतका दश दश पोको) रहेको खाद्यान्न सामग्री र “हाम्रो
अभियानको” तर्फ बाट युवा समाजसेवी मानवअधिकार कर्मी लायन्स कुमार राज सुवेदीले रु पन्ध्र हजार काठमाडौं गोकर्णेश्वार नगरपालिका नयाँपाटी स्थित दृष्टिविहीन संघर्षशील अपांगत समूह आमा घरलाई सहयोग हस्तान्तरण गरियो ।
यसैगरी सोही दिन गोकर्णेश्वार शिवा चोकमा बौद्ध सेतो गुम्बाकको समाजिक संस्था राङजुङ येशे शेफनले दैनिक ज्यालादारी अपांग सुत्केरी महिला मृगौला पीडित एकल महिला लगायतका अभाव र समस्यामा परेकालाई दश परिवारलाई दश बोरा चामल दल मस्यौर लगायतका खाद्यान्न सामग्री वितरण गरियो।
खाद्यान्न सामग्री संकलन गर्न कलाकार पत्रकार एवम् समाजसेवी चन्द्र जीत मोक्तानले बिशेष भुमिका निभाएको थियोे । उपस्थित सम्पूर्णलाई सुरक्षित रहन माक्स, फेस शिल्ड पनि वितरण गरियो।