• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


बौद्धनाथ क्षेत्र विकासद्वारा विभिन्न स्थानमा राहत वितरण गरियो


नेपाली अपडेट
शनिबार, जेष्ठ २९, २०७८
 

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा  काठमाडौं महानगर पालिका वर्ड नं ६ को विभिन्न स्थानमा  राहत सामग्री वितरण गरियो ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरसले बिश्व नै अक्रान्त भएको यश विषम परिस्थितिमा नेपाल सरकारले यसको रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको कारण  दैनिक ज्यालादारी मजदुर , सुत्केरी , लगायत अभाव र समस्यामा परि जीविकोपार्जन गर्न असहज भएको अवस्थामा बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा राहत वितरण गरियो।

राहत सामग्रीमा एक एक बोरा चामल नुन तेल रहेको थियोे। कार्यक्रममा समितिका अध्यक्ष चन्द्रमान लामा समितिका  पदाधिकारी  समाजसेवी लगायतको उपस्थिति रहेको थियोे ।

 

 

प्रकाशित भएको : June 12th, 2021

सम्वन्धित समाचारहरु