• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा बौद्ध मुलद्वार साफ चट् चिटिक्क


नेपाली अपडेट
शुक्रबार, असार ४, २०७८
 

काठमाडौं ।  बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा बौद्ध महास्तुपाको मुल द्वार साफ चट् चिटिक्क परियो ।

बिश्व बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र , ऐतिहासिक , संस्कृतिक एवम् धर्मिक रुपले महत्त्वपूर्ण” बौद्ध महास्तुपा ” बिश्वब्यापी महामारीको रुपले फैलिएको Covid – 19 कोरोना भाइरस बिश्व अक्रान्त भएको अवस्थामा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञाको समयलाई उचित सदुपयोग गर्दै बौद्ध प्रवेश गरिने मुल द्वारमा पुरानो ढुंगा , परिवर्तन गरि नयाँ ढुंगा बिछ्याइएको छ।
नयाँ ढुंगा बिछ्याइएको स्थान बौद्ध मुल द्वारा पुगी बौद्ध नाथ क्षेत्र विकास समितिका पदाधिकारी अध्यक्ष चन्द्रमान लामा कार्यकारिणी बसन्त लामा सदस्य मजिन्द्रसिं श्रेष्ठ, मनोज लामा स्थानीय समाजसेवी , पत्रकार लगायतको उपस्थितिमा कार्य सम्पन्नको निरीक्षण गरिए थियो ।

प्रकाशित भएको : June 18th, 2021

सम्वन्धित समाचारहरु