• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


आयो पार्टी गर्न मिल्ने बस नेपालमा


नेपाली अपडेट
शुक्रबार, पुस ११, २०७६
 

 

पौष ११ काठ्मान्डौ

नेपालमा आयो पार्टी गर्न मिल्ने बस !
सामान्यतया हामी पार्टी कहाँ गर्छौ ? सबैको उत्तर एउटै हुन सक्छ , क्लबमा , रेस्टुरेन्टमा वा अरु त्यस्तै ठाउँमा ।

अब चाहि पार्टी गर्नको लागि यी ठाउँ मात्रै धाउनु पर्दैन किनकि नेपालले ठूलो ‘पार्टी बस’ सञ्चालनमा ल्याउने भएको छ।

पार्टी गर्न मिल्ने बस जनावरी दोस्रो सातादेखि सञ्चालनमा ल्याइने सञ्चालक अशोक शर्माले जानकारी दिए

पार्टी बसमा हाईफाई डिजे संगीत प्रणाली, सुविधा सम्पन्न बार, छुट्टै धुम्रपान क्याबिन, डान्स फ्लोर रहेको छ। कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ।

हप अन पार्टी राइडको प्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, प्राइभेट पार्टीको ३ घण्टाको ३ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १ हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रति घण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीको वेब साइटमा उल्लेख छ।

त्यस्तै, कम्पनीले एयरपोर्ट ल्याउन पुर्याउनको लागि ‘वान वे’को २ हजार रुपैयाँ र ल्याउने र पुर्याउनको लागि दुई तर्फी ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

पार्टी बस नेपालले स्पेसल थिमको पार्टीको लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ।

प्रकाशित भएको : December 27th, 2019

सम्वन्धित समाचारहरु