• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


बौद्ध क्षेत्र विकासका अध्यक्षद्वारा विकास निर्माणकार्य अवलोकन तथा निरीक्षण


नेपाली अपडेट
बिहिबार, असार १०, २०७८
 

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष द्वारा का.म.न.पा वार्ड नं – ६ बौद्ध स्थित धाराटाेलबाट कुमारी स्कुल जाने बाटोमा निर्माणाधीन ढल ब्यबस्था र ढुंगा बिछ्याउने कार्य बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाद्वारा  अवलोकन तथा निरीक्षण गरियो।

उक्त निर्माणाधीन बाटो भई टुसाल र महांकाल पुग्न सहज हुने र   बौद्ध   ओहोरदोहोर गर्न भित्री मार्गको रुपले प्रयोग भएको छ।बाटोलाई बैकल्पिक मार्गको हिसाबले  लिन सकिन्छ। बर्षाको समयमा पानी परेर चिप्लिएर लड्ने अवस्था रहेको बाटोले समितिको सहयोगमा निर्माणले सो बाटो भई हिड्ने स्थानीय, विद्यार्थी,र  बिदेशी पर्यटकीय पाहुना, लगायतलाई लाभान्वित हुने देखिन्छ । बाटो निर्माणकार्यले स्थानीयवासी खुसी देखिन्छन्।

निरीक्षण कार्यक्रममा समितिका कार्यकारिणी सदस्य बसन्त लामा , सदस्य मजिन्द्रसिं श्रेष्ठ प्रविधिक लगायतको सहभागी रहेको थियो ।

सरकारले जारी गरिएको निषेधाज्ञाको  समयमा मान्छेहरुको  कम भीडभाड  हुने  महत्त्व पुर्ण समयलाई  ध्यानमा राख्दै निर्माणकार्यमा लगाई समयको उचित सदुपयोग गरेका छन्।

प्रकाशित भएको : June 24th, 2021

सम्वन्धित समाचारहरु