• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


बौद्ध चुच्चेपाटीमा छ्योर्तेन निर्माण


नेपाली अपडेट
शनिबार, असार १२, २०७८
 

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा ज्यूको बाहुल्यबाट चुच्चे पाटी पार्कमा नव निर्मित पवित्रा धर्मिक महत्त्वको ” छ्योर्तेन” मा सुङ राखियो।

बौद्ध चुच्चे पाटी दिदीबहिनी समुहको पहलमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा नव निर्मित बौद्ध धर्मावलम्बीहरुको  पवित्रा  धार्मिक महत्त्वपूर्ण “छ्योर्तेन” लामा गुरुबाट  एक बौद्ध परम्परा अनुसार पूजापाठ गरिएको थियो ।

उक्त कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी कार्यकारिणी बसन्त लामा ,सदस्य  मजिन्द्रसिं श्रेष्ठ   दिदिबहिनी समुहका   सम्पूर्ण कार्यसमितिका  पदाधिकारी, स्थानीय दाजुभाइहरुको  लगायतको    उपस्थितिमा  कार्यक्रम सम्पन्न गरिएको    थियो ।

प्रकाशित भएको : June 26th, 2021

सम्वन्धित समाचारहरु