• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नवीन कार्कीलाई बिदाई गरियो


नेपाली अपडेट
सोमवार, असार १४, २०७८
 

काठमाडौं । का.म.न.पा-६ बौद्ध स्थित बौद्ध तामाङ कल्याण गुठी भवनमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र बौद्धको आयोजनामा महानगरीय प्रहरी बृत्त बौद्धका प्रहरी नायव उपरीक्षक  नवीन कार्की  ज्यूलाई बिदाई कार्यक्रम सम्पन्न गरियो।

उक्त कार्यक्रममा बौद्ध प्रहरी बृत्त बौद्धमा बसि प्रहरी सेवामा सेवारत हुनु भई बिदाई हुनुहुने प्रहरी नायव उपरीक्षक  नवीन कार्की ज्यूले “बौद्ध भनेको साच्च र ईमानदार व्यक्तित्वहरु बसोबास गर्ने स्थान रहेछ बहिरा जुन तरिकाले बुझिन्थियो त्यो रहेन रहेछ ” भन्नू हुदै आफ्नो मन्तव्य रख्नु भएको थियो ।

आयोजक संस्थाका सचिव रेवतिरमण रेग्मीबाट संचालित सो कार्यक्रममा संस्थाका कार्यसमितिका सदस्य, विभिन्न संस्थाका प्रतिनिधि र पत्रकार लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा खादा लगाई बिदाई गरिएको थियो।

जहाँ गएर सेवा गरे पनि सफल होस् अझै देश र जनताको सेवा गर्न सकोस् भन्दै सफलताको शुभकामना व्यक्त गर्नु भई  आयोजक संस्थाका वरिष्ठ सल्लाहकार एवं  संस्थापक संरक्षक जयमंंगल लामा कार्यक्रम समपन  गरियो।

उक्त कार्यक्रममा  आयोजक संस्थाका वीर बहादुर वाईबा ,संस्थाका सह सचिव कलाकार एवं पत्रकार चन्द्र जीत मोक्तान छोर्ङान महिला समाजका अध्यक्ष माया लामा, बौद्ध नाथ क्षेत्र विकास समितिका सदस्य माया डोल्मा लामा, पत्रकार कलाकार गोपीलाल तामाङ,बौद्ध सरसफाइ केन्द्रका अध्यक्ष धनराज लामा लगायतको उपस्थित रहको थियो ।

प्रकाशित भएको : June 28th, 2021

सम्वन्धित समाचारहरु