• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


कोटेश्वरको सीसीटिभी हेरेर पत्ता लाग्यो गुर्जुधाराको त्यो ‘हिट एण्ड रन’ घटनाः


नेपाली अपडेट
शुक्रबार, पुस ११, २०७६
 

पौष ११ काठ्मान्डौ

काठमाडौँ । मङ्गलबार बिहान ५ः३० बजे चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भएका अर्जुन कुमार केसीलाई ठक्कर दिने गाडी र चालक २ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार ‘हिट एण्ड रन’ केसका गाडी चालक रविन पौडेल र ना८ख ३४२४ नम्बरको ट्रक प्रहरीले ललितपुरको चापागाउँबाट नियन्त्रणमा लिएको हो ।

इट्टा लोड गरेको गाडी लिएर पौडेल ललितपुरको चापागाउँ जाँदै थिए ।

ललितपुरको चापागाउँ जानुपर्ने गाडी दुर्घटनालगत्तै तीब्र गतिमा कुदाएर पौडेल कोटेश्वर हुँदै पेप्सीकोला पुगेका थिए । लुकेर बसेका पौडेल राती मात्र इट्टा लिएर चापागाउँ आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

‘कोटेश्वरको सीसीटिभी फुटेजको आधारमा गाडीको नम्बर पहिचान गरेर प्रहरीले गाडको खोजीकार्य व्यापक बनाइएको थियो,’ डीएसपी श्रेष्ठले बताए ।

प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका बेला गाडीले ठक्कर दिँदा केसीको घटनास्थलमै मृत्यु भएको थियो । केसीका छोरालाई भने सामान्य चोट लागेको थियो ।

प्रकाशित भएको : December 27th, 2019

सम्वन्धित समाचारहरु