• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


गगनकुमार थापालाई बधाई दिनेको ऒइरो ।


नेपाली अपडेट
सोमवार, साउन ४, २०७८
 

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथ युवा नेता गगनकुमार थापा पनि मन्त्री बन्ने होडमा रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता थापालाई मन्त्री बनाउने लगभग सहमति भइसकेको स्रोतको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेता थापालाई संस्थापना इतर रामचन्द्र पौडेलको पक्षबाट सरकारमा सहभागी गराइने भएको हो । नेता थापाले सरकामा सहभागी हुने चाहना देखाएका कारण प्रधानमन्त्री देउवाले मानेमा उनी मन्त्री हुने निश्चित रहेको स्रोतको भनाइ छ । संस्थापनइतर पौडेल पक्षबाट उनलाई मन्त्री बनाइने सम्भावना बढी छ ।

यसअघि माओवादी केन्द्र र काँग्रेसको गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला गगन थापा स्वास्थ्यमन्त्री बनेका थिए । त्यस क्रममा केही लाेकप्रिय काम पनि गरेर चर्चा कमाएका थिए ।

त्यस्तैगरी प्रधानमन्त्री देउवाले संसदबाट बिस्वासको मत प्राप्त गरेपछि नेपाली काँग्रेसमा सरकारमा जान अरू धेरैले इच्छा देखाइरहेका छन् । जसमा काँग्रेसले प्रकाशमान सिंह, सुजाता कोइराला, पुष्पा भुसाल, नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, प्रमोद यादव, राजन केसी र तुजुलाल चौधरीलगायतबाटै मन्त्री छान्ने स्रोतको भनाइ छ ।

सिंह र कोइराला यसअघि नै उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहिसकेकोले उनीहरुलाई उपप्रधानमन्त्रीसहितको मन्त्रालय नै दिनुपर्ने प्रधानमन्त्री देउवाको बाध्यता छ । त्यस्तै मन्त्री बन्ने होडमा मिनेन्द्र रिजाल पनि थिए । उनी पहिलो मन्त्रिपरिषद विस्तारको क्रममै सरकारमा सहभागी हुने इच्छा देखाए पनि प्रधानमन्त्री देउवा नमानेको स्रोतको भनाइ छ । मन्त्री बन्नका लागि सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङ पनि लाइनमा रहेकाे बताइन्छ ।

यसैगरी गठबन्धनका अन्य घटक माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकाे माधवकुमार नेपाल समूहबाट पनि मन्त्रीका आकांक्षीहरू देखिएका छन् । सबैलाइ मिलाएर लैजान काँग्रेसको कोटा थोरै हुनेछ, जसले गर्दा प्रधानमन्त्री देउवालाई मन्त्रीको जिम्मेवारी र भागबन्डा गर्न भने सकस पर्ने देखिएको छ ।

प्रधानमन्त्री देउवाले यसअघि नै आफ्नो निकटमा नेताहरु बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानूनमन्त्रीको जिम्मेवारी दिइसकेका छन् ।

प्रकाशित भएको : July 19th, 2021

सम्वन्धित समाचारहरु