• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


अध्यक्ष प्रचण्ड : गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरबको आयोजना


नेपाली अपडेट
शुक्रबार, पुस ११, २०७६
 

पुष ११  चितवन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले आज भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गर्नुभएको छ । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तिरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गर्नुभयो ।

‘यो राष्टिय गौरवको आयोजना हा,े यसलाइ सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व हो’–अध्यक्ष प्रचण्डले भन्नुभयो–‘यो निर्माणको लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ उहांले रंगशालाको काम के कस्तो भईरहेको होला, कसरी अगाडी बढिरहेको होला भन्ने आफुलाई खुल्दुली लागेकाले पनि आज आयोजना निर्माण स्थलमै आएर निर्माण प्रगति अवलोकन गर्दा खुसी लागेको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिती गठन गरेर अगाडी बढ्न कट्टेललाइ आग्रह गर्नुभयो । ‘यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसंगै छौं’–उहांले भन्नुभयो–‘ निर्माणमा आफ्नो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता ब्यक्त गर्दछु ।’ ‘तपाईहरू निर्माण कार्यलाइ गुणस्तरिय र पारदर्सी ढंगले काम गर्दै जानुस, यसको निर्माण सम्पन्न हुन्छ र बन्छ’–पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले थप्नुभयो । आयोजना निर्माणमा चितवनबासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउदै उहांले सबैलाइ सकेको सहयोग मन फुकाएर गर्न आग्रह गर्नुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले निर्माण कार्यमा भएका प्रगति र गुरूयोजनाका बारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । अवलोकन स्थलमा प्रदेस सभा सदस्य बिजय सुबेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल जिल्लाका सुरक्षा प्रमुखहरू तथा स्थानिय सर्वसाधाहरणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

रंगशालाको पहिलो चरणमा खेल मैदान निर्माण र माटो प्रशोधन लगायतका कामहरू भइरहेको छ । निर्माणमा हाल दैनिक ३ सय जनाको हाराहारीमा श्रमदान मार्फत काम भईरहेको छ । निर्माण स्थलमा उपस्थित सर्वसाधारणले भने रंगशाला निर्माणले देशै भरि उभार आएको र आफुहरु निकै उत्साहित बनेको बताए ।

प्रकाशित भएको : December 27th, 2019

सम्वन्धित समाचारहरु