• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


फेरी प्रहारीको फन्दमा परे पुर्व युवराज पारस शाह


नेपाली अपडेट
मङ्लबार, साउन १९, २०७८
 

काठमाडौं । ‘ए ए जान्न, जान्न म, छोड मलाई, म जान्न, जाँदै जान्न,’। पूर्व युवराज पारस शाह महाराजगञ्जमा सडक ड्युटीमा खटिएका ट्राफिक प्रहरी कर्मचारीलाई त भन्दै यसरी गाली गर्दै थिए।

हिजो शुक्रबार राति केही युवाहरुसँग मोटरसाइकलमा हँंइकिएका पूर्वयुवराज शाह नसामा लठ्ठ थिए। उनको आवाजले नसामा लठ्ठिएको प्रष्टै बताएको छ।

 

 

बिना हेल्मेट तीब्र गतिमा हुँइकिएको मोटरसाइकललाई प्रहरीले फलो गरेर रोकेको थियो। शुरुमा उनी पारस शाह हुन् भन्ने प्रहरीले सुइको पनि पाएन। ‘उनै हुन् भन्ने थाहा भएको भए वास्ता गरिँदैन पनि थियो होला, एक प्रहरीले डिसी नेपालसँग भने, ‘जथाभावी अनियन्त्रितरुपमा केटाहरुको झुण्ड हुइकिएको देखिपछि दुर्घटना हुने खतरा देखेर प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो। बाइक रोकेपछिमात्र उनी पारस शाह भएको थाहा पाइयो।

प्रहरीलाई ठेल्दै उनले म जान्न, तँलाई हेल्मेट चाहियो? भनेको सुनिन्छ। प्रहरीले पारस हो भन्ने चिनेपछि घर जान भनेकोमा उनले प्रहरीलाई ठेल्दै अपमानपूर्वक त मात्र भनेका छैनन्, उनीहरुको नेम प्लेटसमेत हेरेर तर्साउन खोजेका छन्।

सडक ड्युटीमा खटिएका अर्का एक प्रहरीका अधिकृत भने प्रहरीको सञ्चारमार्फत महाराजगञ्ज चोकमा एकजना मादक पदार्थ सेवन गरेको व्यक्तिले लफडा गरिरहेका छन् गाडी तुरुन्त पठाउनु त भनेर आफ्नो तालुक कार्यालयलाई रिपोर्ट गर्दै गरेको देखिन्छ।

प्रहरीले केहीबेर नियन्त्रणमा लिएर पारसलाई छोडिदिएको बताइएको छ। हेल्मेट नलगाएर मोटरसाइकल चलाइरहेका उनलाई ट्राफिक प्रहरीले सोधपुछ गरेपछि उनी प्रहरीमाथि जाइलाग्न खोजेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शाही शासनको अन्त्य भएपछि साना तिना स्टण्डमा देखा पर्दै आएका पारस शाह शाही शासनका समयमा उद्दण्डताको सीमा नाधेको अवस्थामा भेटिन्थे। उनले आफैंले गाडी चलाएर संगीतकार प्रवीण गुरुङलाई दरबारमार्गमै किचेर मारेका थिए।

उनलाई प्रहरीले सम्मानका साथ सम्झाउने प्रयास गरेको भिडियोमा देखिन्छ। तर, पारस भने प्रहरीसँग उल्झिन्छन्। जिब्रो लरबरिएको आवाजमा उनी प्रहरीलाई तँ भन्छन्। प्रहरीले उनलाई सम्झाएर जानुहोस भनेपछि उनले भनेका छन् पारस ः ए ए जान्न, जान्न म, छोड मलाई, म जान्न जाँदै जान्न तैले हेल्मेट लगाएको छ? तैले हेल्मेट लगाएको छ? म जान्न।

शाही शासनको अन्त्य भएपछि साना तिना स्टण्डमा देखा पर्दै आएका पारस शाह शाही शासनका समयमा उद्दण्डताको सीमा नाधेको अवस्थामा भेटिन्थे। उनले आफैंले गाडी चलाएर संगीतकार प्रवीण गुरुङलाई दरबारमार्गमै किचेर मारेका थिए।

तर, उनका लागि अर्कै ड्राइभर खडा गरी जेल जाने व्यबस्था मिलाइएको थियो। त्यसबेला युवाहरुको समूहले एकजुट भएर उनको विरोध मात्रै गरेको थिएन हस्ताक्षर नै संकलन गरेर उनको उद्दण्डका विरुद्ध तत्कालीन राजा बीरेन्द्रलाई बुझाएको थियो।

राजा ज्ञानेन्द्रको शासनकालमा पनि उनले पटक पटक बवाल गरेका समाचारहरु प्रकाशित हुने गरेका थिए। एभरेष्ट होटलको अण्डरग्राउण्ड हलमा रहेको ग्यालेक्सी डिस्कोमा उनले प्राय कसै न कसैलाई पिटेको समाचार आइरहन्थे। आफ्नै एडिसीको टाउकोमा रक्सीको ग्लास फुटाएको र सार्वजानिक ठाउंमा फायर गरेको विवादले पनि उनलाई छाडेको थिएन।

शाही शासनको अन्त्य भएपछि उनी आफ्नै पितासंग असन्तुष्ट भई सिंगापुर र पछि बैंकक गएर बसेका थिए। त्यहाँ पनि बबालले उनलाई छोडेन। कुन्निका नाम गरेकी थाई युवतीको चक्कर परेका उनी पछि तिनै युवतीसँग पनि लफडा गरेर नेपाल आएका थिए। लामो समय परिवारमा सँगै बस्न नपाएका उनी केही समयअघिमात्र निर्मल निवासमा बस्ने अनुमति पाएर पोखराबाट काठमाडौं आएका थिए।

सुध्रिए पारस भनेर उनका मानिसहरु र राजावादीहरुले पनि प्रचार गरिरहेका बेला फेरि सडक ड्युटीमा खटिएका प्रहरीमाथि उनको अपमानको यो घटना बाहिर आएको छ। उनकी छोरीले केही समय पहिला एउटा टिकटक भिडियो बनाएर आफ्नो बाबुले देशका लागि धेरै काम गरेको बताएकी थिइन्।

उनी साच्चि नै पो सुध्रिएछन् कि भनेर उत्साहित भएका राजावादीहरु पुन राजतन्त्र फर्कनुपर्छ भनेर विस्तारै सडकमा नारा लगाउन थाहेका थिए। हिजो राति नसाले चुर भएर प्रहरीमाथि दुव्र्यवहार गरेपछि राजावादीहरुको उत्साहमा फेरि चिसो पानी खन्निएको छ।

राजतन्त्रको उत्तराधिकारीको यस्तो घृणायोग्य अनुहार प्रकट हुनुले नेपालमा राजतन्त्रको आवश्यकताबारे बहश गर्नेहरु अब के भन्लान् कुन्नि? कि पूर्वराजाका छोराले कानुन मान्नुपर्दैन?

प्रकाशित भएको : August 3rd, 2021

सम्वन्धित समाचारहरु