• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


कुलमान घिसिङ अझै विद्युत प्राधिकरणमा नियुक्त भएनन


नेपाली अपडेट
मङ्लबार, साउन २६, २०७८
 

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न सिफारीस गरेको छ, उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । बेलुका ४ बजे बसेको मन्त्रिपरिषदको बैठक सकिएपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो पटक सिफारीस गरिएको हो ।

‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया पुरा गर्नुपर्ने भएकोले कुलमानको पुनः नियुक्तिमा केहि ढिलाई भएको हो  बैठक सकिएपछि भएको थप छलफलबाट घिसिङलाई पुनः नियुक्ति गर्ने विषय टुङ्गो लागेको छ । केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् । 

प्रकाशित भएको : August 10th, 2021

सम्वन्धित समाचारहरु